१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ७ शनिबार
  • Saturday, 28 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o पौष ७ शनिबार १६:२८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कृष्णपुरका किसानलाई अनुदानमा कृषि उपकरण वितरण

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o पौष ७ शनिबार १६:२८:oo

कञ्चनपुरको कृष्णपुरका किसानलाई कृषि उपकरण सहयोग गरिएको छ। कृष्णपुर नगरपालिका- २ नम्बर वडा कार्यालयले स्थानीय किसानलाई कृषि उपकरण सहयोग गरेको हो।

स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि समाग्री सहयोग गरिएको वडा कार्यालयले जनाएको छ। कृष्णपुर- २ नम्बर वडा र दीपेन्द्र स्मृति सामुदायिक वनले संयुक्त रूपमा ५० प्रतिशत अनुदानमा कृषि सामग्री दिएको हो।

शनिबार किसानलाई कृषि सामग्री हस्तान्तरण गर्दै कृष्णपुर नगरपालिका- २ का वडाध्यक्ष अर्जुनसिंह साउदले स्थानीय किसानलाई व्यावसायिक कृषि कामकाजमा सहजताका लागि कृषि सामग्री सहयोग गरिएको बताए।