१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका नुवाकाेट
२o८१ जेठ २ बुधबार o७:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

आगामी साता नुवाकोटमा दुईदिने साहित्य महोत्सव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o७:o६:oo

साहित्य संगम नुवाकोटले दुईदिने साहित्य महोत्सव गर्ने भएको छ । साहित्य संगमले आगामी साता (१४ र १५ गते) देशभरका चर्चित साहित्यकार सहभागी गराएर ‘नुवाकोट साहित्य, पर्यटन तथा संस्कृति महोत्सव’ गर्न लागेको हो ।

महोत्सवको पहिलो दिन स्थानीय लाखे नाच, भजनबालन, कविता वाचन र गजल साँझ रहेको र दोस्रो दिन नुवाकोट जिल्लाका पर्यटकीय स्थलहरुमा स्रष्टा तथा साहित्यकारहरूलाई भ्रमण गराई  कार्यपत्र प्रस्तुत गरिने कार्यतालिका रहेको अध्यक्ष सुमित्रा सुमीले जानकारी दिइन् । 

साथै, महोत्सवमा नेपालका विभिन्न भाषा, साहित्य, कला र संस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने स्रष्टाहरुलाई सम्मान कार्यक्रम तय भएको छ । महोत्सवले स्थानीय भाषा, साहित्य, कला, संस्कृति, पर्यटन विकासलगायतका विषयलाई प्राथमिकता राखेको पनि उनले बताइन् । 

साहित्यको माध्यमबाट सामाजिक चेतना अभिवृद्धि, राज्यका निकाय र जनप्रतिनिधिहरुलाई साहित्यमार्फत ध्यानाकर्षण गरी जिम्मेवार बनाउने महोत्सवको उद्देश्य रहेको उनको भनाइ छ । 

ad
ad