१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार ११:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भिजा लिडरसिप कन्क्लेभमा हिमालयन बैंकलाई दुई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:o३:oo

 हिमालयन बैंकले ‘एक्सेलेन्स इन पिओएस अक्वायरिङ बिजनेस २०२३’ र ‘एक्सेलेन्स इन कन्जुमर कार्ड–प्रिपेड २०२३’ पुरस्कार प्राप्त गरेको छ । हिमालयन अमेरिकन एक्सप्रेस, जेसिबी, मास्टरकार्ड, युनियन पे एवं भिजा स्वीकार गर्ने नेपालको एक मात्र बैंक हो । 

भिजाले आयोजना गरेको समारोहमा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, नेपालका लागि भिजाका प्रतिनिधि वासु सौम्यलगायतको उपस्थितिमा बैंकलाई दुवै अवार्ड प्रदान गरिएको उल्लेख छ । विगतका वर्षहरूदेखि नै यो विधाका अवार्ड प्राप्त गर्दै आइरहेको बैंकले जनाएको छ ।

विश्वभर प्रचलनमा रहेको कार्ड ब्रान्डहरू आफ्फ्नो एटिएम, पिओएस तथा इकर्स गेटवेमार्फत स्वीकार गर्ने भएकाले स्वदेशी तथा विदेशी ग्राहकलाई आफ्नो कार्डबाट भुक्तानी गर्न सहज हुँदै आइरहेको बैंकको दाबी छ । पछिल्लो समय बैंकले डिनर्स–डिस्भर तथा रुपे ब्रान्डका कार्डहरू पनि आफ्नो नेटवर्कमा स्वीकार गर्न सुरु गरेको जनाइएको छ ।

ad
ad