१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल प्रहरी श्रीमती संघले बाँड्यो दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:o१:oo

नेपाल प्रहरी श्रीमती संघले झापाको दमकस्थित सरस्वती माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराएको छ। 

नेपाल प्रहरी श्रीमती संघ कोशीले उक्त विद्यालयमा अध्ययनरत १२ जना दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा उपलब्ध गराएको हो।

श्रीमती संघ कोशीले प्रत्येक विद्यार्थीलाई एक थान कम्बल, विद्यालय पोसाकलगायत शैक्षिक सामग्री उपलब्ध गराएको हो। दृष्टिविहीन बालबालिकालाई सरस्वती माविले आवासीय सुविधासहित अध्यापन गराउँदै आएको छ। 

उक्त सहयोग सामग्री संघकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवर, उपाध्यक्ष रूपा थापा, प्रदेश अध्यक्ष अजिता देवकोटा बास्तोला, प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलालगायतले हस्तान्तरण गरेका थिए।

यस्तै, संघकी उपाध्यक्ष रूपा थापाले दृष्टिविहीन बालबालिकाको खानाका लागि दश हजार रुपैयाँसमेत सहयोग विद्यालयलाई उपलब्ध गराएकी थिइन्। कपडा वितरण कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यसरी न्यानो कपडा वितरण गरेर दृष्टिविहीन विद्यार्थीलाई सहयोग गर्न पाउँदा खुसी भएको बताइन्। 

उनले बढ्दो चिसोका कारण प्रभावित भएका गरिब वृद्धवृद्धा, बालबालिका तथा असहायलाई सहयोग गर्दै श्रीमती संघ अघि बढ्ने बताइन्।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराईले दृष्टिविहीन बालबालिकालाई न्यानो कपडा वितरण गर्दै सहयोग गरेकोमा नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिए। 

सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेवतराज पुरीले नेपाल प्रहरी श्रीमती संघसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको र संघसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए। नेपाल प्रहरी श्रीमती संघ, कोशी अध्यक्ष अजिता देवकोटा बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रम इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले सञ्चालन गरेका थिए। 

ad
ad