१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस न्यूयोर्क
२o८१ बैशाख २१ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

राष्ट्रसंघको महासभाबाट ‘सिन्थेटिक ड्रग्स’विरुद्धको प्रस्ताव पारित

Read Time : < 1 मिनेट
रासस, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:४७:oo

संयुक्त राष्ट्रसंघको महासभाले ‘सिन्थेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ।

सो प्रस्तावमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई साझा जिम्मेवारीको सिद्धान्तअनुरूप राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा घरेलु कानुन र परिस्थितिअनुसार विश्वव्यापी जनस्वास्थ्य तथा सुरक्षा चुनौतीहरू सम्बोधन गर्न समन्वयात्मक कार्य गर्न आह्वान गरिएको छ।

सिन्थेटिक औषधिहरूको अवैध उत्पादन र ओसारपसार, साथै गैरचिकित्सा र गैरवैज्ञानिक उद्देश्यका लागि तिनीहरूको वितरण, उपभोग र प्रयोगले विकराल समस्या निम्त्याउन सक्ने खतरालाई सम्बोधन गर्न सो प्रस्ताव प्रस्तुत गरिएको बताइएको छ।

ad
ad