१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका नुवाकाेट
२o८१ बैशाख १९ बुधबार o९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोटका स्थानीय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नुवाकाेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:o७:oo

मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका वेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु गरिएको छ । तारकेश्वर गाउँपालिका– ३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको स्थानीय कृष्णमान प्रधानले  जानकारी दिए ।

चन्दनीका स्थानीयले संरक्षणका लागि समिति गठन गरी पालिकाबाट नापी र मालपोतबाट प्रतिनिधि खटाई जग्गाको नापजाँच थालेका छन् । सार्वजनिक जमिनमा कुनै व्यक्तिले कुनै संरचना बनाएका भए त्यसलाई हटाउन सार्वजनिक सूचना गरेका छन् ।

जमिनको नापजाँच गरी सार्वजनिक जग्गा कायम गरी साविकबमोजिम बाटो, मन्दिर र उद्यान निर्माणमा सहयोग गर्न स्थानीयले पालिकासँग अनुरोध पनि गरेको स्थानीय प्रधानले बताए । सरकारी जग्गाका रेखांकन गर्ने क्रममा कुनै निजी भवन बनाएको तथा जग्गा अतिक्रमणमा परेको पाइएमा सार्वजनिक जग्गाको लगत व्यवस्थापन गर्दै सार्वजनिक हितका लागि सामूहिक प्रयास गर्ने स्थानीयको प्रतिबद्धता जाहेर भएको छ ।

पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना भएको चन्दनी र त्यहाँबाट देखिने मनोरम दृश्यसम्बन्धी प्रचार–प्रसार गर्ने विषयलाई पनि स्थानीयले जोड दिएका छन् । सोही क्रममा त्यस क्षेत्रबाट काठमाडौं आएर विभिन्न पेसा व्यवसाय आबद्ध स्थानीयको भेलाले चन्दनीको विकास, धार्मिकस्थल र सार्वजनिक जग्गाको संरक्षणका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्ने निर्णय गरेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका ऐतिहासिक एवं पुरातात्विक महत्वको गोरखकाली मन्दिर निर्माणका लागि  स्थानीय निकायले विनियोजन गरेको बजेट तत्काल निकासा गरिदिन पालिकासँग अनुरोध गरेका छन् । उक्त मन्दिर निर्माणका लागि स्थानीय निकायले रु. पाँच लाख सहयोग गर्ने  र बाँकी रकम चन्दा संकलनबाट जुटाइने बताइएको छ ।

ad
ad