१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १६:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

मधुमल्लामा परिवर्तन थियटरको कचहरी नाटक ‘सानुको सपना’ प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:१३:oo

परिवर्तन थियटर काँकडभिट्टाले मोरङको मिक्लाजुङस्थित मधुमल्लामा कचहरी नाटक ‘सानुको सपना’ प्रदर्शन गरेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सोमबार मिक्लाजुङ गाउँपालिकाको आयोजना र कारितास नेपालको सहकार्यमा परिवर्तन थियटरले कचहरी नाटक प्रदर्शन गरेको हो।

नाटकमा अवैध तवरले बिदेसिँदा बेचबिखनमा परिने विषय समेटिएको थियो। नाटकले अवैध बाटोबाट विदेश जाँदा निम्तिएको समस्यालाई देखाएको थियो। 

‘रोजगारीका लागि बिदेसिने प्रत्येक घरमा छन्। यो सबैको कथा हो। यसले नेपालीको बिदेसिने रहर र बाध्यतालाई देखाएको छ,’ परिवर्तन थियटरकी कला संयाेजक कविता नेपालले भनिन्, ‘बिदेसिँदा पनि वैधानिक बाटो अपनाउनुपर्छ। दलालको फन्दामा परेर अवैध बाटोबाट जाँदा मानव तस्करी र बेचबिखनमा पर्न सकिन्छ भन्ने विषय नाटकमा छ।’

नाटकले हरेक घरको वास्तविकता देखाएको नाटकका दर्शक मिक्लाजुङ– ६ का ८१ वर्षीय अम्बरबहादुर खड्काले बताए। अवैध बाटोबाट विदेश पठाउँदा आएको समस्यालाई नाटकमा देखाइएकाले आफ्नै समस्या देखाएजस्तो लागेको उनले बताए।

‘वास्तविक रहेछ भनेर विदेश पठाउने दलाललाई कुट्न भनेर गएको थिएँ, नाटक पो रहेछ,’ उनले भने, ‘यो नाटकले मन छोएको छ। सबैले भोगेको समस्या देखाएको छ। यस्ता नाटक त दिनैपिच्छे गरे पनि हुन्थ्यो।’

नाटकमा कविता नेपाल, लीला विष्ट, लोमस पौडेल, कविता पौडेल, नवराज पाठक, गगन क्षेत्री, भूमिका न्यौपाने, झरना खनाल र प्रतीक्षा आचार्यले अभिनय गरेका थिए।

ad
ad