१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल चोरी आरोपमा दुई युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५o:oo

लमजुङ प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीले काठमाडौंबाट मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका– ८ का वर्ष १९ का विशाल कुमाल र सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका– २ का वर्ष २४ का अनिश बानियाँ रहेका छन्।

घटनास्थलबाट मोटरसाइकलसहित फरार रहेका दुईजनालाई इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको टोलीले मंसिर २९ गते काठमाडौंको तार्केश्वर नगरपालिका– ११ मा मोटरसाइकलसहित लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई आइतबार जिल्ला अदालत लमजुङबाट चोरीसम्बन्धी कसुरमा सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

मंसिर २५ गते राति ११ बजेतिर सुन्दरबजार नगरपालिका– ९ मा रहेको युवराज गुरुङले आफ्नो कोठाअगाडि पार्किङ गरेर राखेको दूधपोखरी गाउँपालिका– ३ का ३३ वर्षीय श्याम गुरुङको मोटरसाइकल चोरी भएको थियो।

प्रदेश ०३–०२ ००६ प २७६१ नम्बरको मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा उनीहरूलाई पक्राउ गर्न सफल भएको लमजुङका प्रहरी प्रमुख डिएसपी मीनबहादुर घलेले बताए।

ad
ad