१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:o८:oo
Read Time : > 7 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

जनताका सुझावलाई लिपिबद्ध गरेर भविष्यको कार्ययोजना बनाउँछौँ

Read Time : > 7 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o८:oo

एमालेले १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु गरेको १९ दिने मध्यपहाडी संकल्प यात्रा १ पुसमा पाँचथरको चिवाभन्ज्याङमा पुगेर समापन भएको छ । यात्राको क्रममा अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयाससमेत भयो । यसै पृष्ठभूमिमा एमालेको ‘संकल्प यात्रा’, राष्ट्रिय राजनीति, सरकार, दलहरूले चलाइरहेको ‘मिसन ८४’लगायतका विषयमा महासचिव शंकर पोखरेलसँग शुरोजंग पाण्डेले गरेको कुराकानी :

सुदूरपश्चिम बैतडीको झुलाघाटदेखि पूर्वको पाँचथरको चिवाभन्ज्याङसम्मको १९ दिने मध्यपहाडी संकल्प यात्रामा एमालेले जनताका प्रमुख सरोकार र समस्याहरूलाई मूलभूत रूपमा कसरी अनुभूत गरेको छ ? 
पहिलो, अभियानको विशेषताबारे प्रकाश पारेपछि तपाईंले खोजेको प्रश्नको जवाफमा प्रवेश गर्छु । हामीले मंसिर १४ देखि वैतडीको झुलाघाटबाट राष्ट्रिय झन्डा फहराएर अभियानको शुभारम्भ गर्‍यौँ । विभिन्न ठाउँमा सभा आयोजना गर्ने, धेरै ठाउँमा जनतासँग प्रत्यक्ष संवाद गर्ने र स्थानीय विशेषतालाई धेरैभन्दा धेरै उजागर गर्ने सोचका साथ अभियान आरम्भ गरेका थियौँ । अभियानका क्रममा थुप्रै विशेषता प्रकट भएका छन् ।

पहिलो, नेपालको राजनीतिमा पछिल्लो समयमा खासगरी परिवर्तनप्रति नै जुन प्रकारको वितृष्णा पैदा गर्ने, अस्थिरता पैदा गर्ने र समाजलाई द्वन्द्वतिर लैजाने प्रवृत्ति अगाडि बढेका थिए । मान्छेहरूमा एकप्रकारले व्यवस्था र राजनीतिक दलहरूप्रति नै कतै अनास्था र अविश्वास बढेको हो कि भन्ने जुन मान्यता विकास हुन खोजेजस्तो देखिन्थ्यो, त्यसलाई हाम्रो यात्राले गलत साबित गरिदिएको छ ।

खासगरी जनताले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा, मूलधारको राजनीतिको पक्षमा छन् र राज्यसत्तामा कमजोरी रहँदारहँदै पनि राजनीतिक दलहरूले नै सुधार गर्न सक्छन् भन्ने सन्देशलाई सहज ढंगले आत्मसात् गर्दारहेछन् भन्ने देखाएको छ । अर्को, यो यात्रामा आमजनताको सहभागिता अभूतपूर्व रह्यो । एउटा महत्वपूर्ण पक्ष के रह्यो भने आयोजक नेकपा एमाले रहँदारहँदै पनि समग्रतामा राष्ट्रिय अभियान र यात्राका रूपमा यसलाई जनताले लिएको पाइयो ।

विभिन्न स्थानमा सर्वदलीय र सर्वपक्षीय बैठक आयोजना हुने, छलफल गरेर सामूहिक माग पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रस्तुत गर्ने काम भएको छ । यस सिलसिलामा धेरै जिल्लामा सर्वदलीय, सर्वपक्षीय बैठक आयोजना भएका छन् । अभियानका क्रममा हामीले राजनीतिक रूपले विकासका मुद्दामा सहकार्य गरेर साझा दृष्टिकोण तय गर्नुपर्छ भन्ने मान्यता स्थानीय तहदेखि नै उजागर भएको पायौँ । अर्को विशेषता, चाहे वृद्धवृृद्धा हुन् या बालबालिका ।

नवयुवायुवती हुन् या समाजका लब्धप्रतिष्ठित व्यक्तिहरू । विभिन्न वर्ग र तहका मान्छेहरूमा अध्यक्ष केपी शर्मा ओलीप्रति अभूतपूर्व आकर्षण देखियो । वास्तवमा केपी ओली आमजनताका बीचमा अत्यन्त लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको छ भन्ने कुरा यो यात्राले पुनर्पुष्टि गरेको ठान्छु म । यात्राका क्रममा हामीले नेपालको समग्र विविधता र त्यसभित्रको एकतालाई प्रत्यक्ष रूपमा अनुभूत गर्ने मौका प्राप्त गर्याैँ ।  

अर्को पक्ष, मध्यपहाडको विकासका सम्भावनाबारे हामीले छलफल चलाउन खोजेका थियौँ । विभिन्न ठाउँमा खेतीपाती गरिरहेका र उद्यमशीलतामा अगाडि बढिरहेका व्यक्तिलाई सम्मान गर्ने र उहाँहरू स्वयंले आफैँले आफ्ना उत्पादन उपहारका रूपमा काम भएको छ । 

हामीले मध्यपहाडी लोकमार्गको अवस्थाका बारेमा प्रत्यक्ष रूपमा बुझ्न, त्यहाँका जनताहरूको मूल्यांकन गर्ने प्रत्यक्ष अवसर प्राप्त गर्‍यौँ र धेरै ठाउँमा लोकमार्ग निर्माणका क्रममा अवरोध सिर्जना भएको पनि हामीले महसुस गर्‍यौँ । कतिपय ठाउँमा एकप्रकारले मुआब्जा र क्षतिपूर्तिका विषयमा विवादले गर्दा काम अगाडि बढ्न नसकेको पनि पायौँ । हाम्रो एउटा मुख्य उद्देश्य मध्यपहाडी लोकमार्ग सडकको अडिट गर्ने पनि थियो । त्यसको सम्भावनाबारे पनि अध्ययन गरेका छौँ ।

 भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् । त्यसलाई हामीले मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएका छौँ ।

सबभन्दा महत्वपूर्ण पक्ष, जनताको सहयोगमा जनताको बीचमा भन्ने मान्यतालाई हामीले यात्राका क्रममा अत्यन्त सफलतापूर्वक लैजान सक्यौँ । कतिपयलाई लाग्न सक्छ– यत्रो अभियानको खर्च एमालेले कसरी व्यवस्थापन गर्‍यो होला?  हामीले आमकार्यकर्ताका बीचबाट, समर्थक–शुभेच्छुकको बीचबाट स्वतस्फूर्त रूपमा सहयोग प्राप्त गर्‍यौँ र पार्टीले कुनै ठूलो लगानी गर्नुपरेन । 

तपाईंले अभियानको सफलताबारे विस्तृतमै बताउनुभयो । अभियानमा जनताले देखाएको उत्साह, गुनासा, समस्या र अपेक्षा प्रशस्तै आएको कुरा पनि गर्नुभयो । अब ती कुरालाई एमालेले कसरी सम्बोधन गर्ला भन्ने आमप्रश्न वा जिज्ञासा छ ।
हामीले खासगरी प्रत्येक जिल्लामा सर्वदलीय, सर्वपक्षीय छलफलबाट पनि थुप्रै महत्वपूर्ण सुझाव, माग, ज्ञापनपत्र प्राप्त गरेका छौँ । त्यति मात्र होइन, आफ्नो समुदायगत हिसाबले पनि विभिन्न समूदायबाट सुझाव आएका छन् । ती सबै मागलाई काठमाडौं पुगिसकेपछि लिपिबद्ध गर्छौँ र त्यसका आधारमा पार्टीका तर्फबाट भविष्यको कार्ययोजनाका रूपमा पार्टीले अवलम्बन गर्ने नीति, योजनाका रूपमा सामेल गर्न छलफल गर्छौँ । वास्तवमा भोलिका दिनमा लोकतन्त्रलाई कसरी प्रभावकारी बनाउने, समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई कसरी प्रभावकारी ढंगले पूरा गर्ने भन्ने सन्दर्भमा जनताका बीचबाट आएका सुझाव र मागपत्रले महत्वपूर्ण आधारका रूपमा काम गर्छन् । त्यसलाई हामीले मार्गदर्शनका रूपमा प्रयोग गर्ने सोच बनाएका छौँ । 

संसद्मा रास्वपा, जनमतसहितका दलको नयाँशक्तिका रूपमा उपस्थिति छ । एमाले र कांग्रेसजस्ता पार्टीले मुलुकलाई ठीक ढंगले नेतृत्व गर्न सकेनन् भन्ने जनअसन्तुष्टिको जगमा यि शक्ति उदाएको विश्लेषण गरिन्छ । तपाईंहरूको अभियानले जनतामा केही नयाँ उत्साह थप्यो त ?
अहिले हाम्रो अभियानको मूल नारा नै अब धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल र राष्ट्रिय शक्तिको निर्माण विकास र समृद्धिका लागि अपरिहार्य छ भन्ने हो । अब गठबन्धन होइन, एकल बहुमतको सरकार आवश्यक छ र त्यो नेकपा एमालेको नेतृत्वमा भयो भने मात्र मुलुकले सही बाटो लिन सक्छ भन्ने मान्यतामा छौँ । गठबन्धन भत्काएर बनाउने सरकारबाट समस्या समाधान भइहाल्छ भन्नेमा त्यति विश्वस्त छैनौँ । त्यसैले हाम्रा लागि मिसन ८४ नै मुख्य विषय हो । त्यसका लागि बलियो राष्ट्रिय शक्तिका रूपमा देशलाई सुदृढ गर्न जरुरी छ । किनकि, अहिले पनि एमाले लोकप्रिय पार्टी त हुँदै हो । तर, त्यो पर्याप्त छैन । त्यसलाई अझ सबल, सुदृढ बनाउनुपर्छ भन्ने दृष्टिकोणलाई अगाडि बढाएका छौँ । त्यसमा जनताको राम्रो साथ र समर्थन रहेको हामीले पाएका छौँ । 

तपाईंहरूले बारम्बार देश मध्यावधिमा जान सक्छ भन्ने संकेत गर्दै आउनुभएको छ । यो अभियान त्यतैतिर लक्षित छ कि, मिसन ८४ कै लागि हो भन्ने त त्यति प्रस्ट देखिएन नि ?
हामीले गठबन्धन सरकारका कारण मुलुक संकटमा जाँदै छ भन्ने संकेत गर्दै आएका छौँ । गठबन्धन कायम रहुन्जेलसम्म वा एकप्रकारले भन्ने हो भने अहिलेको हङ पार्लियामेन्टमा एमाले नेतृत्वमा आउँदा पनि धेरै सम्झौता गर्नुपर्ने हुन्छ र त्यसले विकास र समृद्धिको योगदान गर्न सक्दैन । त्यसका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ भन्ने नै हो ।

मध्यावधि त नेकपा एमालेको भूमिकामा भर पर्ने कुरा होइन । त्यो त गठबन्धनको असफलताबाट निशृत हुने विषय हो । त्यसैले अहिले हामीले बीचैमा मध्यावधि चुनावको विषयभन्दा पनि गठबन्धन असफल छ, कम्तीमा मुलुकलाई सही बाटो देखाउने हो भने मिसन ८४ मा अहिलेजस्तो कमजोर संसद् हुनुहुँदैन भन्ने प्रस्ट सन्देश दिइरहेका छौँ । अहिलेजस्तो कमजोर राज्य र सरकार हुनु हुँदैन बलियो राज्य, बलियो सरकार र पर्याप्त जनमतसहितको संसद् आवश्कता छ भन्ने मान्यतालाई नै हामीले जनताको बीचमा लिएर गएका छौँ । त्यो नै अभियानको महत्वपूर्ण पक्ष हो भन्ने ठान्छु । 

एमालेको अभियान कोशी प्रदेश प्रवेश गरेपछि पहिचानवादीहरूले छिटफुट अवरोध गर्ने कोसिस गरेको देखियो । खासगरी धनकुटाको लेगुवामा स्थानीय महेश राईले अध्यक्ष ओलीमाथि हातपातको प्रयास गरेको भिडियो पनि सामाजिक सञ्जालबाट बाहिरिएको थियो । त्यो घटनालाईचाहिँ एमालेले कसरी लिएको छ ?
सामान्यतया, त्यसलाई हामीले एउटा मदिरा सेवन गरेको व्यक्तिलाई लाइनबाट हटाउन खोज्दा विवादका रूपमा प्रकट भएको घटनाका रूपमा लिएका छौँ । यद्यपि, आमसञ्चार माध्यमहरूले त्यसलाई अध्यक्षमाथिकै आक्रमणका रूपमा पनि चर्चा गर्ने काम गरे । आक्रमणको प्रयास गरेको भनेको भए त्यो बेग्लै विषय हुन्थ्यो होला । आक्रमणै भएको भन्ने विषयका रूपामा जे प्रचार गरियो, त्यो गलत प्रचार थियो । वास्तवमा नशामा रहेका व्यक्तिले अवाञ्छित गतिविधि गरेको मात्रै हो ।

मध्यावधि त नेकपा एमालेको भूमिकामा भर पर्ने कुरा होइन । त्यो त गठबन्धनको असफलताबाट निसृत हुने विषय हो । त्यसैले अहिले हामीले बीचैमा मध्यावधि चुनावको विषयभन्दा पनि गठबन्धन असफल छ, कम्तीमा मुलुकलाई सही बाटो देखाउने हो भने मिसन ८४ मा अहिलेजस्तो कमजोर संसद् हुनुहुँदैन भन्ने प्रस्ट सन्देश दिइरहेका छौँ ।

हामीले त्यही रूपमा लिएका छौँ । जहाँ हामी गयौँ, त्यहाँ जनताको अभूतपूर्व समर्थन, सहयोग रह्यो । यतिसम्म कि, तपाईंले चर्चा गरेकै ठाउँमा पनि हजारौँको संख्यामा जनता सहभागी भएर स्वागत गरिरहेका थिए । त्यो घटनाले स्वागत प्रक्रियामा कुनै असर पारेन । हामीले खासगरी धनकुटाको पाख्रीबासमा वैज्ञानिक र विद्यार्थीसँग गरेको अन्तर्क्रियामा त्यसले कुनै नकारात्मक असर पारेन । जति असर पर्‍यो, त्यो काठमाडौंमा गरिएका चर्चाले मात्रै के–के न भयो भनेजस्तो भयो । यात्रामा हिँडेकाहरू कसैले त्यसबारे कुनै अनुभूति नै गरेनन् ।

अभियानमा अध्यक्षसहित पदाधिकारी, स्थायी समितिका नेताहरू पनि देखिनुहुन्थ्यो । तर, सबै कार्यक्रममा अध्यक्षको मात्र सम्बोधन देख्दा अभियानलाई नै अध्यक्ष केन्द्रित गरेको हो कि, अध्यक्षलाई ब्रान्डिङ गरेको हो कि जस्तो पनि देखियो नि ?
अभियानको व्यवस्थापनका हिसाबले पनि त्यही जरुरी थियो । किनकि हामी समयको अत्यन्त दबाबमा थियौँ । एकैदिन धेरै कार्यक्रमहरूलाई सम्बोधन गरेर हिँड्नुपर्ने, सहभागी हुनेका चाहना पनि अध्यक्षको सम्बोधन सुन्न पाए हुन्थ्यो भन्ने नै हामीले पायौँ । यसर्थ, यात्राको नेतृत्व अध्यक्षले गरिरहँदा लामो समय अध्यक्षलाई प्रतीक्षा गरिरहेका मान्छेहरूलाई अध्यक्षकै तर्फबाट केही कुरा सम्बोधन गर्न लगाउने नै उचित हुन्थ्यो । हामीले त्यही गरेका हौँ । यद्यपि, हाम्रो उद्देश्यचाहिँ सभा समारोह होइन, यात्रा थियो । यात्राका क्रममा हामीले स्वागत गर्ने, आफ्ना गुनासा प्रस्तुत गर्नेहरूलाई पार्टी प्रमुखका तर्फबाट धन्यवाद दिने र सम्बोधन गर्ने सामान्य प्रक्रिया पूरा गरेका थियौँ । कहीँ पनि हाम्रो सम्बोधन १५–२० मिनेटभन्दा लामो रहेन । त्यस अर्थमा हामीले यसलाई अघिपछिको जस्तो समारोहका रूपमा लिनुहुँदैन । 

अध्यक्षले अभियानमा पर्याप्त मात्रामा सरकारको असफलता, राजतन्त्रको चलखेलबारे चेतावनीयुक्त सम्बोधन गरेको देखियो । के अब एमाले यो अभियानपछि सरकारको विकल्प खोज्न नयाँ समीकरण बनाउने काममा अग्रसर हुन्छ ?
अभियान त हामीले मूलतः समृद्धिमै केन्द्रित गरेका हौँ । जनताका गुनासा सुन्ने र जनतामा निराशा चिर्ने प्रयत्नकै रूपमा हामीले अगाडि बढाउन चाहेका थियौँ । त्यसमा हामी पूर्ण रूपमा सफल रह्यौँ भन्ने लागेको छ । जहाँसम्म अध्यक्षले समसामायिक राजनीतिका विषयमा बोल्ने कुरा स्वाभाविक रूपमै आवश्यक हुन्थ्यो । कतिपय विषयमा नबोल्दा किन बोलेन भन्ने हुँदा बोल्नैपर्ने परिस्थिति पनि सिर्जना हुन्थ्यो । त्यस हिसाबले पनि यात्राका क्रममा कतिपय राष्ट्रिय राजनीतिका विषय प्रस्तुत भएका छन् । तर, हाम्रो मूल उद्देश्य जनतासँग संवाद गर्ने, जनताको कुरा सुन्ने र जनतामा एकप्रकारले आशा जागृत गर्ने र जनतासँग पार्टीको सम्बन्ध जीवन्त बनाउने नै यो यात्राको उद्देश्य थियो । 

राष्ट्रिय सभाको चुनाव आउँदै छ । अहिलेको गठबन्धनले निरन्तरता पाउँदा एमालेले थप क्षति व्यर्होनुपर्ने परिप्रेक्ष्यमा तपाईंहरू नयाँ गठबन्धन वा समीकरण बनाउनेतिर लाग्ने हो कि भन्ने चर्चा छ नि ?
त्यसमा त हामी स्पष्ट नै छौँ । अहिलेको गठबन्धन रहेसम्म मुलुक बर्बाद हुन्छ । हामीले परिणाम के आउँछ भन्नेमा त्यति चिन्ता गरेका छैनौँ । त्यही अर्थमा हाम्रो विषय भविष्यतर्फ केन्द्रित छ । गठबन्धन आफैँ टुट्दा सकारात्मक पक्षलाई साथमा लिन कोसिस गर्ने एउटा कुरा हो, तर अहिलेको राष्ट्रिय राजनीतिको समस्याको समाधान गठबन्धन तोड्ने हो भन्ने हाम्रो बुझाइ होइन । राष्ट्रिय राजनीतिको समस्याको समाधान बलियो राष्ट्रिय शक्तिका रूपमा एमालेलाई स्थापित गर्ने कुरा नै हो भन्ने हाम्रो बुझाइ हो । 

काठमाडौंसहितका सहरमा पछिल्लो चुनावमा एमालेको स्पेस खुम्चिएको देखिएको थियो । त्यसैले मध्यपहाड, जहाँ जनाधार बलियो छ, एमालेले त्यहीँ अभियानकेन्द्रित गरेको जस्तो देखियो । के यस्तै अभियान अन्य क्षेत्रमा पनि चलाउनुहुन्छ ?
त्यस्तो होइन । तपाईंले जुन हिसाबले चर्चा गर्नुभयो, त्यस हिसाबले मध्यपहाडी क्षेत्र एमालेको जनाधार बलियो भएको भन्ने अवस्था होइन । गत चुनावलाई आधार मानेर विश्लेषण गर्दा हामी त्यो पाउँदैनौँ । किनकि, हामीले ३० जिल्लामा कार्यक्रम गरेका छौँ । ती सबै जिल्लाको अवस्था फरक–फरक देखिन्छ । त्यसअर्थमा मुख्य जनाधार भएको क्षेत्र भन्ने अवस्था होइन । 

कोशी प्रदेशमा पहिचानवादीहरू अन्य पार्टीसँग भन्दा एमालेप्रति नै बढी आक्रामकजस्तो देखिन्छन् । प्रदेशको नामांकन परिवर्तन गर्ने उनीहरूको मुद्दालाई एमालेले कसरी बुझेको छ ? 
कोशी प्रदेशमा जुन हिसाबले हाम्रो अभियानलाई अवरोध सिर्जना गर्ने कोसिस गरियो, त्यसलाई जनताले नै अवज्ञा गरे भन्ने म ठान्छु । हामीले यात्राका क्रममा एउटा सन्देश दिने प्रयास गरेका छौँ– कुनै पनि मागहरूको सम्बोधन संवादको माध्यमबाट शान्तिपूर्ण तरिका, संवैधानिक प्रक्रियाबाट मात्र हुन सक्छ । अन्य कुराबाट सम्भव छैन । यो कुरालाई आन्दोलनकारी पक्षले बुझ्न जरुरी छ । विगतमा नेकपा एमालेले नै संविधानभन्दा बाहिर गएका शक्तिहरू सिके राउत समूह, विप्लव समूहलगायतलाई पनि मूलधारमा ल्याउने कामको नेतृत्व गरेको हो ।

आज कोशी प्रदेश नामांकनको विषयमा जुन प्रकारको विवाद छ, नेकपा एमाले त सदैव आफ्नो मान्यतामा स्पष्ट नै छ । सधैँ साझा पहिचानको पैरवी गरेको छ । उनीहरू नै धेरै अवसरवादी देखिए, जसले चुनावका वेलामा एकल जातीय पहिचानको कुरा गरे, तर संसद्भित्र साझा पहिचानका पक्षमा मतदान गरे । एकप्रकारले भन्ने हो भने पहिचानवादीहरू असन्तुष्ट हुनुपर्ने जसले धोका दियो, उनीहरूप्रति हो । नेकपा एमाले त सधैँ आफ्ना मान्यतामा दृढ छ । स्थिति यो हुँदाहुदै प्रहारको निशाना सोझ्याउने कुरा उहाँहरूको गलत बुझाइको परिणाम हो ।

लोकतन्त्रमा आफ्ना मान्यताका पक्षमा जनतालाई परिचालन गर्ने अधिकार सबैलाई छ । नेकपा एमालेले साझा पहिचानका पक्षमा जनतालाई परिचालन गरेर प्राप्त गरेको जनादेशलाई साझा पहिचानकै पक्षमा प्रयोग गर्ने कुरा उसको कर्तव्य थियो भन्ने कुरा पहिचानवादी भन्ने शक्तिहरूले बुझ्नुपर्छ । जसले पहिचानको नारा अगाडि बढाएर साझा पहिचानको पक्षमा मतदान गरे उनीहरूले गद्दारी गरेका हुन् भनेर बुझ्दाचाहिँ उचित हुन्छ । यद्यपि, उनीहरूले गल्ती महसुस गरेका हुन् कि भन्ने बुझाइमा हामी थियौं तर पछि पुरानै बाटोमा फर्किदाँ चाँही उनीहरूको अवसरवाद, अस्थिरता झल्कियो । जसले आज कोशी प्रदेशका जनतालाई उत्तेजित गरेको छ, चिन्तित बनाएको छ । त्यो कुरा अवसरवादका कारण उत्पन्न परिस्थिति हो भन्नेसबैले बुझ्न जरुरी छ । 

काठमाडौं फर्किएपछि अभियानको समीक्षा कसरी गर्नुहुन्छ ?
पाँचथरको अन्तिम सभा अभूतपूर्व रूपमा सफल भइसकेपछि जनपरिचालनका दृष्टिले अभियान सकिएको छ । चिवाभन्ज्याङमा अध्यक्षले औपचारिक रूपमा अभियान सम्पन्न भएको राष्ट्रिय झन्डोत्तोलन गरी घोषणा गर्नुभएको छ । ५ पुसमा काठमाडौंमा आएर विशेष कार्यक्रम गर्छौं । त्यो एक प्रकारले छलफल कार्यक्रम हुनेछ, कुनै सभासमारोहका रूपमा होइन । हामी यात्राका निष्कर्षलाई आफ्नो तरिकाबाट प्रस्तुत गर्ने काम गर्नेछौँ । 

 

ad
ad