१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

१० वर्षमा डेढ अर्बको कोकिन बरामद

विगतमा नेपाल हुँदै हङकङ जान्थ्यो कोकिन 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:२१:oo

विश्वमा कोकिनविरुद्ध ‘अप्रेसन टिन क्यान’९ डिसेम्बर २०२२ देखि २०२३ अप्रिलसम्म मात्रै २४ खर्ब ६८ अर्बको ९८ टन बरामद 

१४ चैत ०७९ मा २.८८७ किलो कोकिनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका भारत मिजोरमकी ४५ वर्षीया भल्ला लामी र २९ वर्षीया इस्टर लालिम्पुरी

लागुऔषध नियन्त्रण ब्युरोले पछिल्ला १० वर्षमा एक अर्ब ६४ करोड ३४ लाख रुपैयाँबराबरको कोकिन बरामद गरेको छ । ब्युरोले चलाएको २४ अप्रेसनमा ६५.७३६ केजी कोकिन बरामद भएको हो । उक्त अप्रेसनमा २९ अभियुक्त पनि पक्राउ परे । 

बरामद कोकिनमध्ये १८.३२ किलो दिल्ली लगिने योजना थियो । जुन कुल बरामद परिमाणको २७.८६९ प्रतिशत हो । यसको अवैध बजार मूल्य ४५ करोड ८० लाख रुपैयाँ पर्छ । त्यस्तै, १३.३६२ कोकिनको हङकङ लगिने योजनाको थियो । यो कुल बरामद परिमाणको २०.३२६ प्रतिशत हो, जसको अवैध बजार मूल्य ३३ करोड ४० लाख ५० हजार रुपैयाँ पर्छ । बाँकी ३४.०९ किलो कोकिन भने नेपाल, थाइल्यान्ड, इटाली, पाकिस्तानलगायत देशमा तस्करी गर्ने योजनाअन्तर्गत ल्याइएको थियो । यो कुल बरामद परिमाणको ५१.८५८ प्रतिशत हो । जसको अवैध बजार मूल्य ८५ करोड २२ लाख ५० हजार रुपैयाँ पर्छ । सबै तस्करीमा कहीँ न कहीँ भारतीय नागरिक नै संलग्न थिए । 

अधिकांश कोकिन भारत पुर्‍याइन्छ : एसपी चक्रराज जोशी, प्रवक्ता, लागुऔषध नियन्त्रण ब्युरो

नेपाललाई ट्रान्जिट बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली नै रहेको देखिन्छ । तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका छन् । त्यसमा पनि भारतको पूर्वोत्तर मिजोरमका नागरिक प्रयोग भएका छन् । यस्तो किन भइरहेको छ ? यस विषयमा ‘स्पेसिफिक’ अनुसन्धान त भएको छैन । तर, भारतमा ठूलो बजार रहेको र गरिबीका कारण तस्करीमा पनि त्यहीँका बढी देखिन्छन् ।

ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले नेपालमा बरामद अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली भएको बताए । ‘नेपाललाई ट्रान्जिट बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली नै रहेको देखिन्छ । तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका छन् । त्यसमा पनि भारतको पूर्वोत्तर मिजोरमका नागरिक प्रयोग भएका छन्,’ उनले भने, ‘यस्तो किन भइरहेको छ ? यस विषयमा ‘स्पेसिफिक’ अनुसन्धान त भएको छैन । तर, ठूलो बजार र गरिबी नै बाहिर देखिने कारणका रूपमा देखिन्छ ।’

पछिल्लोपटक गत ४ मंसिरमा भारत मिजोरमकी ३२ वर्षीय किम्रो संगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १.९७३ किलो कोकिनसहित पक्राउ परिन् । उनले सुटकेसभित्र ‘फल्सबटम’ बनाई इथोपियाबाट कतार हुँदै कोकिन नेपाल ल्याएकी थिइन्, जुन भारतको नयाँदिल्ली लैजाने योजना थियो । 

काठमाडौं झरेकै दिन उनी जहाजमार्फत भुटान जाँदै थिइन् । र, त्यहाँबाट दिल्ली उड्ने योजना थियो । प्रहरीका अनुसार बरामद कोकिनको अवैध बजार मूल्य चार करोड ९३ लाख २५ हजार रुपैयाँजति हुन्छ । कोकिन दिल्ली पुर्‍याएबापत किम्रोलाई तस्कर समूहले तीन लाख २० हजार दिने प्रलोभन दिएको थियो । 

भारत उत्तरप्रदेश अलिग्रहका ५१ वर्षीय रवीन्द्रकुमार परसरलाई गत ५ वैशाखमा प्रहरीले १.८० किलो कोकिनसहित ठमेलबाट पक्राउ गर्‍यो । सो कोकिन उनलाई केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा दिरुतीले जहाजमा काठमाडौं ल्याएर दिएकी थिइन् । दुई करोड ३३ लाख २८ हजार रुपैयाँ अवैध बजार मूल्य पर्ने उक्त कोकिन उनले दिल्ली लैजान खोजेका थिए । 

भारत मिजोरमकै ४५ वर्षीय बहलाल्लावमीलाई पनि प्रहरीले गत १४ चैतमा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्‍यो । उनीबाट २.८८७ किलो कोकिन पनि बरामद गर्‍यो । कतारबाट इन्डिगो एयरलाइन्समा काठमाडौं झरेकी उनले उक्त कोकिन दिल्ली नै लैजान लागेकी थिइन् । चारवटा लेडिज ब्यागको ‘फल्सबटम’भित्र लुकाई ल्याइएको कोकिनको अवैध बजार मूल्य सात करोड २१ लाख ७५ हजार रुपैयाँ पर्ने प्रहरीको भनाइ छ । 

घटनाको पर्सिपल्ट अर्थात् गत १४ चैतमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाँच किलो कोकिनसहित २९ वर्षीया इस्टर लाल्हलिम्पुईलाई पक्राउ गर्‍यो । ठमेलबाट पक्राउ परेकी उनी पनि भारत मिजोरमकै थिइन् । बरामद कोकिन उनले पनि दिल्ली नै लैजान लागेकी थिइन्, जसको अवैध बजार मूल्य १२ करोड ५० लाख रुपैयाँ पर्छ ।

प्रहरीले २.९६६ किलो कोकिन तस्करी घटनामा ९ भदौ ०७९ मा विश्वभाषा क्याम्पसमा अध्ययनरत तान्जेनियाली २६ वर्षीया गट्र्युड लियोनार्द किमोरलाई पक्राउ गर्‍यो । सिन्धुली खुर्कोटबाट पक्राउ परेकी उनी कोकिन भारतको दिल्ली नै लैजाने तयारीमा थिइन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार २०२२ फेब्रुअरीमा क्याम्पस भर्ना भएकी उनी स्टुडेन्ट भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी थिइन् । क्षेत्रपाटीमा प्रतिमहिना २० हजार रुपैयाँ फ्ल्याट भाडामा लिई बस्दै आएकी उनी २०१९ मा टुरिस्ट भिसामा पहिलोपटक नेपाल आएकी थिइन् । टुरिस्ट भिसाको म्याद सकिएपछि उनले स्टेुडेन्ट भिसा लिएकी थिइन् । 

त्यसयता लगातार नेपाल बस्दै आएकी किमोरले लागुऔषध कारोबारमा विशेष गरी ‘एन्टी सर्भिलेन्स’को भूमिका निभाउँदै आएकी थिइन् । बरामद कोकिनलाई काठमाडौंसम्म ल्याउने काम भने दक्षिण अफ्रिकी नागरिक ३० वर्षीया सिर्लेगामाले गरेकी थिइन् । प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । बरामद कोकिनको अवैध बजार मूल्य सात करोड ४९ लाख रुपैयाँ पर्छ । 

फरक–फरक मितिमा बरामद माथि उल्लेखित कोकिन तस्करीका चार घटनाको ‘मोडस अपरेन्डी’ (कार्यप्रणाली) एउटै छ । किनकि चारवटै घटनामा सुटकेस र लेडिज ब्यागको ‘फल्सबटम’भित्र कोकिन बरामद भएको छ । र, चारवटै घटनामा बरामद कोकिन नयाँदिल्ली लैजान खोजिएको छ । र, तस्करीमा भारतीय नागरिक नै प्रयोग भएका छन् । यी घटनाबाट नेपाललाई ‘ट्रन्जिट’ बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य दिल्ली भएको देखिन्छ । 

विगतमा नेपाल हुँदै हङकङ जान्थ्यो कोकिन 
ब्युरोले १० वर्षयता गरेको अप्रेसनअनुसार नेपाल ‘ट्रान्जिट’ बनाएर तस्करी हुने कोकिन विगतमा दिल्ली मात्र होइन, हङकङ पनि जाने गथ्र्यो । ब्युरोले गरेका २४ अप्रसेनमध्ये सात घटनामा बरामद कोकिन हङकङ लैजाने योजनाको थियो । तर, चार वर्षयता कोकिन नेपाल ‘ट्रान्जिट’ भएर हङकङ गएको देखिएको छैन । ब्युराले १ पुस ०७६ मा तीन किलो कोकिनसहित बेलारुसका नागरिकलाई विमानस्थलबाट पक्राउ गरेको थियो । त्यसयता हङकङ प्रस्थान बिन्दु बनाउने कुनै पनि कारोबारी पक्राउ परेका छैनन् । 

विश्वमा कोकिनविरुद्ध ‘अप्रेसन टिन क्यान’ अप्रेसन : एक वर्षमै २४ खर्ब ६८ अर्बको ९८ टन बरामद 
कोकिनका दुव्र्यसनीले सहर आक्रन्त हुन थालेपछि संयुक्त राष्ट्रसंघअन्तर्गत युनाइटेड नेसन अन ड्रग एन्ड क्राइम (युएनओडिसी)ले ५८ मुलुकको संयुक्त प्रयासमा ‘अप्रेसन टिन क्यान’ चलाएको थियो । ९ डिसेम्बर २०२२ देखि २०२३ अप्रिलसम्म चलेको अप्रेसनमा ४३ अन्तर्राष्ट्रिय कारोबारी पक्राउ परे । सम्बन्धित मुलुकको भन्सार, प्रहरी तथा अन्य सरोकारवाला निकायको संयुक्त प्रयासमा भएको अप्रेसनपछि कोकिनसँग सम्बन्धित एक सय ५८ घटना अनुसन्धान भए । जसबाट ९८ हजार सात सय ३४ किलो कोकिन बरामद भयो । यसको अवैध बजार मूल्य २४ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ हुन आउँछ । यो अप्रेसनमा वल्र्ड कस्टम अर्गनाइजेसन, युएनओडिसी र अस्टे«लियन बोर्डर फोर्सको प्रत्यक्ष सहभागितमा रहेको थियो । अप्रेसनका लागि उनीहरूले ‘रिप अन, रिप अफ’ लुकाउने विधि अपनाएका थिए । जुन एक सय सातवटा कन्टेनर पानीजहाजमा प्रयोग गरिएका थिए ।

ad
ad