१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बलात्कारको आरोपमा पोखरियाका सरसफाइ नाइके हजाराविरुद्ध जाहेरी

रातको सिफ्ट छल्न घटना ‘मन्चन’ गरेको मेयरको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:५७:oo

पर्साको पोखरिया नगरपालिकामा कार्यरत एक दलित महिलामाथि बलात्कार प्रयास भएको घटना बाहिरिएको छ।

नगरपालिकामा कार्यरत सरसफाइ शाखाका नाइके रामबली हजाराले दलित महिला सरसफाइकर्मीमाथि बलात्कारको प्रयास गरेको भन्दै जाहेरी परेको प्रहरीले जनाएको छ।

महिलालाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पोखरिया प्रहरी निरीक्षक मोहनविक्रम केसीले शुक्रबार राति राति ९ बजेको समयमा कार्यालयमा बोलाएर हजाराले बलात्कारको प्रयास गरेको बताए।

शनिबार बिहान पीडित महिला र उनका आफन्तले इलाका प्रहरी कार्यालयमा जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गराएका केसीले जानकारी दिए।

तर, पोखरियाका नगरप्रमुख प्रदुमनप्रसाद चौहानले भने पछिल्लो समय नगरपालिकामा रातको समयमा कडाइका साथ सरसफाइ भइरहेकाले यसबाट जोगिन यो घटना ‘मन्चन’ भएको आशय व्यक्त गरे। उनले रातको समयमा काम नगर्ने सरसफाइ कर्मचारीको मनसायका कारण घटना बाहिरिएको बताए।

नगरपालिकाका सरसफाइ शाखाका प्रमुख विनोद पाण्डेले सरसफाइ शाखाका कर्मचारीले गरेको यस्तो घटनाबारे छानबिन भइरहेको बताए। उनले नगरपालिकालाई बदनाम गराउने तरिकाले घटना भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिक्रिया दिएका छन्।

ad
ad