१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अहिल्यै मिसन ८४ भन्नेलाई शुभकामना मात्रै दिन सकिन्छ : महामन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:५८:oo

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिसन ८४ भन्नेलाई शुभकामनाबाहेक अरू दिन नसकिने बताएका छन्। एमाले र रास्वपाले मिसन ८४ भनेर हिँडिरहँदा उनीहरूलाई शुभकामना दिनुबाहेक अन्य विकल्प नरहेको बताए।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर २ को सम्मेलनमा सम्बोधन गर्दै शर्माले मिसन ८४ भन्नेलाई ०८१ देखि ०८३ सम्मको चिन्ता नरहेको बताए।

‘नेकपा एमालेले मिसन ८४ को नारा लगाएको छ। लामिछानेजीको पार्टीले पनि मिसन ८४ कै नारा छ,’ शर्माले भने, ‘८१/८२ को चिन्ता कसले लिने? के नेपाली जनतालाई योबीचमा केही पनि चाहिँदैन? हामी आत्मसम्मानको समाज कसरी निर्माण गर्ने त्यसतर्फ सोचौँ न। खालि मिसन ८४ भनेर दौडेर मात्र हुन्छ? हामीले ८४ सालको चुनावको बारेमा होइन, देशको बारेमा चिन्तन गरौँ।’

सबैलाई सँगसँगै लिएर जाने भिजन कांग्रेससँग भएको महामन्त्री शर्माको दाबी छ। मुलुकमा समृद्धि ल्याउनका निम्ति अहिलैबाट सपना बोकेर अगाडि बढ्नुपर्ने उनले बताए। लोकतन्त्रमा निर्वाचन हुनु सामान्य रहेको उल्लेख गर्दै उनले भने, ‘लोकतन्त्र हो निर्वाचन हुन्छ, त्यही वेलामा बोल्ने हो। अहिले आजभोलि के गर्ने त्यो सोच्ने वेला हो। वर्षौँपछिका गफ पछि गरौँला, अहिले नेपाली जनतालाई के आवश्यक छ त्यो गरौँ।’

कांग्रेस सुमधुर स्वर दिने नौमती बाजाजस्तै पार्टी भएको दाबी गर्दै शर्माले अहिले केही दल ब्यान्ड बाजाजस्तो ड्याङ्डुङ गर्दै हिँडेको टिप्पणी गरे।
 

ad
ad