१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बालबालिकामा प्रेरणा भर्ने सिनेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१४:oo

टोय स्टोरी सिरिज : सन् १९९५ मा टोय स्टोरीको पहिलो सिरिज सार्वजनिक भएको थियो । पछिल्लोपटक सन् २०१९ मा यो सिरिज रिलिज भयो । यस एनिमेटेड रोमाञ्चक फिल्मले मानिसहरू नभएका वेला जीवन्त रूपमा उठ्ने खेलौनाको कथा बोल्छ । यो फिल्मले बच्चालाई मित्रता, इमानदारिता र विविधताको महत्व बुझाउँछ । 

द लायन किङ : सन् १९९४ मा रिलिज भएको यो फिल्मले एउटा सिंहको डमरुको कथा बोल्छ । उक्त डमरुले राजा बन्ने आफ्नो यात्राका दौरान कसरी जिम्मेवारी, हार र बहादुरीको महत्व बुझ्छ, त्यही विषयमा फिल्म केन्द्रित छ । यसलाई डिज्नी स्टुडियोले निर्माण गरेको हो । 

फाइन्डिङ नेमो/फाइन्डिङ डोरी : फाइन्डिङ नेमो २००३ मा रिलिज भएको थियो । फाइन्डिङ डेमो २०१६ मा रिलिज भयो । यी दुवै फिल्ममा पानीमुनिको यात्रालाई देखाइएको छ । फाइन्डिङ नेमोले आफ्नो छोरा खोज्न हिँडेको एउटा माछाको कथा भन्छ । त्यसरी नै, फाइन्डिङ डोरी आफ्नो परिवारसँग पुनर्मिलन गर्ने लक्ष्य राखेकी डेरीको कथामा केन्द्रित छ ।

फ्रोजन/फ्रोजन २ : फ्रोजन २०१३ मा रिलिज भएको थियो । फ्रोजन २ सन् २०१९ मा रिलिज भयो । यी दुवै फिल्म जादु, दिदीको माया र स्मरणीय संगीतका लागि चर्चित छन् । यसले माया, आत्मखोज र सच्चा पहिचानको स्वीकारोक्तिको कथा बोल्छ । 

कोको : २०१७ मा रिलिज भएको यो फिल्मले मेक्सिकन संस्कृति र परम्परालाई देखाउँछ । यो फिल्म मिगुइल नामक एक युवाको अनौठो यात्रामा केन्द्रित छ । 

ad
ad