१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२७:oo

विदेशी मुद्रा सञ्चिति १० दशमलव दुई प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको विवरणअनुसार गत कात्तिक मसान्तसम्म विदेशी मुद्राको विनिमय सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको छ। कुल विदेशी सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु १४ खर्ब ९० अर्ब ८३ करोडबराबर छ। 

केन्द्रीय बैंकका अनुसार ०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलब दुई  प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु १६ खर्ब ९६ अर्ब ७८ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८० कात्तिक मसान्तमा आठ दशमलव नौ प्रतिशतले वृद्धि भई १२ अर्ब ७५ करोड पुगेको छ।

यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा ०८० कात्तिक मसान्तमा छ दशमलव चार प्रतिशतले वृद्धि भई दुई खर्ब पाँच अर्ब ९५ करोड कायम भएको छ।

गत कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव आठ प्रतिशत छ।

आर्थिक वर्ष ०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३ दशमलव छ महिनाको वस्तु आयात र ११ दशमलव तीन महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। 

ad
ad