१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलका तीन सरसफाइ कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:४९:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा तीन सरसफाइ कर्मचारी पक्राउ परेका छन्।

सुन तस्करी गिरोहसँग सम्पर्क देखिएपछि विमानस्थल भन्सार कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। फोहोरमा खसालेर तस्करीको सुन विमानस्थलबाट छिराउने गरेको अनुसन्धानबाट पुष्टि भएको हो।

एक साताअघि बरामद भएको १४ किलो सुन तस्करीमा सरसफाइ कर्मचारी सुशीला पाण्डेसहित तीनजनाको संलग्नता देखिएपछि पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए। उनका अनुसार हालसम्म यो मुद्दामा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

गत २१ मंसिरमा भन्सारले १४ किलो सुनसहित दुबईबाट आएका चन्द्र घलेलाई पक्राउ गरेको थियो। उनलाई सुन तस्करीमा लगाउने मीनबहादुर घले पनि भन्सारकै हिरासतमा छन्। 
 

ad
ad