१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार o६:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बक्सिङमा चार खेलाडीको कांस्य पक्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:२७:oo

मलेसियाको पेनाङमा चलिरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका चार खेलाडीले कांस्य पदक जितेका छन् । प्रतियोगिताको ५१ किलो तौल समूहमा नेपालका प्रबल उप्रेतीले सिंगापुरका डेनी चाओ इजेइजीलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गर्दै कांस्य हासिल गरेका छन् ।

५४ किलो तौल समूहमा नेपालका सिंहवीर लिम्बूले इन्डोनेसियाका मोहम्मद देनिस विन अब्दुल अजिजलाई आरएससीका आधारमा निराश पार्दै कांस्य जिते । पुरुष ५७ किलो तौल समूहमा नेपालका छिरिङ वाङ्दी शेर्पाले पनि इन्डोनेसियाका प्रतिद्वन्द्वी फकिह आन्दरा नासुसोनलाई ५–० को युनानिमस डिसिजनका आधारमा पराजित गर्दै उनले कम्तीमा कांस्य पदक पक्का गरे ।

वाड्दीले केही समयअघि दुबईमा सम्पन्न एएसबिसी जुनियर बक्सिङ प्रतियोगितामा पनि कांस्य पदक हात पारेका थिए । प्रतियोगिताअन्तर्गत ६० किलो तौल समूहमा नेपालका सुलभ मालीले बाई पाएर कांस्य पदक पक्का गरिसकेका छन् । 

त्यसैगरी ६३.५ किलो तौल समूहमा नेपालका रिजत गुरुङ इन्डोनेसियाका मुक्केबाज मोहम्मद फरिजादसँग ४–१ को स्पिलिट डिसिजनमा पराजित भए । प्रतियोगितामा १० राष्ट्रका २० वर्ष उमेरमुनिका सय पुरुष मुक्केबाजले भाग लिइरहेका छन् । अहिलेसम्म १३ वटा तौल समूहको खेल भइसकेको छ, जसमा नेपालले चार कांस्य पक्का गरेको हो ।

ad
ad