१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क बन्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o८:oo

काभ्रे जिल्लाको पाँचखालमा नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पाँचखाल नगरपालिका र दक्षिण एसियाली महिला विकास मञ्चबीचको सहकार्यमा पार्क निर्माण हुन लागेको हो । बुधबार एक प्रधानन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री रामशरण महतले संयुक्त रूपमा पार्कको शिलान्यास गरेका हुन् । 

मन्त्रिपरिषद्ले २४ जेठ ०८० मा निर्णय गरेको पार्क निर्माणका लागि पाँचखाल नगरपालिकाकासँग सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिने सम्झौता भइसकेको छ । महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमा समेत प्रवद्र्धन गरिनेछ । पार्कमा इको टुरिजममा केन्द्रित सेवा क्षेत्रसहित कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगसमेत स्थापना गरिनेछ । हालसम्म हरित औद्योगिक पार्कको गुरुयोजना, विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम पूरा भएको छ । त्यस्तै, विभिन्न जातीय संस्कृति र शिल्पको प्रत्यक्ष सीप प्रदर्शन तथा प्रत्यक्ष स्थानीय परम्परागत खाना प्रदर्शन हुनेछ । 

 उत्पादन क्षेत्रअन्तर्गत स्थानीय कच्चा पदार्थ र कृषि खाद्य क्षेत्रसँग सम्बन्धित ५० साना उद्योगहरूको स्थापनाले राष्ट्रिय अर्थतन्त्रको विकास र रोजगारी सिर्जनामा योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपालमा यस किसिमको पहिलो नमुना पार्कको निर्माणपश्चात् यसलाई सबैभन्दा सुन्दर र सफा औद्योगिक ग्राम बनाउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री  दाहालले बताए ।

धुलो, ध्वनि प्रदूषणमुक्त औद्योगिक ग्राममा फोहोरको सफल व्यवस्थापन हुने तथा वर्षाको पानी संकलनलाई एकीकृत गरिनेछ । यसैगरी, नवीकरणीय ऊर्जाको प्रयोग गरी शून्य कार्बन निर्माणका साथै स्थानीय रूपमा उपलब्ध सामग्रीबाटै निर्माण कार्य गरिनेछ । युवा जनशक्ति अध्ययन वा रोजगारीका नाममा विदेश जाने क्रम बढेकाले त्यसलाई रोक्न पनि यस्ता पार्कको आवश्यकता रहेको उनले बताए । 

उक्त अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले महिला उद्यमशीलतालाई प्राथमिकतामा राखेको बताए ।
मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले आजको दिन ‘महिला उद्यमीको दिन’ को रूपमा लिनुपर्ने बताइन् । सरकारले पहिलो महिला उद्यमी हरित औद्योगिक पार्क निर्माणमा सहकार्य गरेको भन्दै उनले महिला उद्यमशीलता विकासले समग्र देश विकासमा योगदान गर्ने बताइन् । 

ad
ad