१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १३:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

लोकसेवाले खुलायो शाखा अधिकृतको विज्ञापन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १३:१९:oo

लोकसेवा आयोगले शाखा अधिकृत पदको विज्ञापन खुलाएको छ। बुधबार आयोगले एकैपटक तीन सय ८१ शाखा अधिकृत (अप्राविधिक) पदको विज्ञापन खुलाएकाे हाे।

आयोगले बुधबार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने फाइल बढुवा र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनमार्फत हुने बढुवाका लागि निजामती सेवातर्फ एक सय ६ जनाको लागि विज्ञापन प्रकाशन गरेको छ भने मानव अधिकार सेवाका लागि दुईजनाको यस्तो बढुवा हुनेछ।

आयोगले दुई सय ७३ जना अधिकृत नियुक्त गर्न खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन मागेको छ।

निजामतीतर्फका सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा दुई सय तीनजना, न्याय सेवा (न्याय, कानुन र सरकारी वकिल समूह)तर्फ ६८ जना र मानव अधिकार सेवातर्फ दुईजना अधिकृत माग गरेको हो। १७ पुससम्म अनलाइनमार्फत दरखास्त दिने अन्तिम मिति तोकिएको छ। 

ad
ad