१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायातका सात कर्मचारी भ्रष्टाचारी ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५४:oo

विशेष अदालतले भ्रष्टाचार मुद्दामा सातजनालाई सजाय सुनाएको छ। दुईजनाले सफाइ पाएका छन्। सोमबार विशेषले यातायात व्यवस्था कार्यालय पोखराका निमित्त प्रमुखसमेत सात कर्मचारीलाई सजाय सुनाएको हो।

गण्डकी प्रदेशबाट ०७५ मंसिर तथा ०७६ को कात्तिक र मंसिरमा सञ्चालित सवारीचालक अनुमतिपत्रको परीक्षा परिणाम फेरबदल गरेको अभियोगमाथि सुनुवाइ गर्दै विशेषले फैसला सुनाएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले कसुर कायम भएका सबैलाई जनही तीन–तीन महिना कैद र पाँच–पाँच हजार रुपैयाँ जरिवाना सजाय तोकेको छ।

विशेषका अनुसार भरतमणि बराल, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, मोहनमणि सुवेदी र झलक पौडेलमाथि कसुर कायम भएको हो। पौडेल तत्कालीन निमित्त कार्यालय प्रमुख र शाखा अधिकृत हुन् भने बाँकी कम्प्युटर अधिकृत र अपरेटरहरू हुन्।

उनीहरू मिलेर विभिन्न वर्गको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका र उपस्थितसमेत नभएका एक सय १६ परीक्षार्थीहरूलाई उत्तीर्ण भनी प्रयोगात्मक परीक्षामा सामेल गराएका थिए। उनीहरूले प्रयोगात्मक परीक्षामा पास भएका दुईजनालाई भने अनुत्तीर्ण बनाई परीक्षाको परिणाम फेरबदल गरेको पाइएको थियो ।

घटनाको तीन वर्षपछि अनुसन्धान सुरु भएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ चैत ०७८ मा विशेषमा मुद्दा दायर गरेको थियो। यसमा प्रतिवादी बनाइएका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा र शाखा अधिकृत हरिप्रसाद गौतमले सफाइ पाएका छन्।

ad
ad