मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Thursday, 19 December, 2024
२o८o मङ्सिर २५ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिरामी लिएर आएको एम्बुलेन्सबाट लागुऔषध बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १७:१३:oo

बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ। दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार बझाङको रायल प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र. ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्स बिरामी बोकेर सोमबार धनगढी आएको थियो।

एम्बुलेन्सबाट दुई किलो आठ सय ग्राम चरेस बरामद गर्नुका साथै चालक केदारस्युँ गाउँपालिका–३, बस्ने ३७ वर्षीय रामबहादुर खातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

एम्बुलेन्समा चरेस ल्याएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले चरेससहित चालकलाई पक्राउ गरेको उनले बताए।

बिरामीलाई अस्पताल पुर्‍याएपछि धनगढी–४, बाट चरेससहित एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ। बझाङबाट ल्याइएको उक्त चरेस कसको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

सोमबार नै प्रहरीले धनगढी उपमहानगरपालिका–३, त्रिनगर भन्सार नाकाबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। डोटीको केआइसिंह गाउँपालिका–१ घर भएका २० वर्षीय निश्चल शाही र केआइसिंह–२, घर भएका २१ वर्षीय मनोज रावललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरूको साथबाट एक सय ३० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए। प्रहरीका अनुसार भारतबाट लागुऔषध ल्याएर आउँदै गरेको सूचनाका उनीहरूलाई पक्राउ गरिएको हो।