१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १२:११:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २७ देशका ५४ चलचित्र देखाइने 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:११:oo

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ११औँ संस्करण सुरु भएको छ। शनिबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महोत्सवको उद्घाटन गरेका हुन्। 

उद्घाटन समारोहमा बोल्दै उनले मानव अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि फिल्म प्रभावकारी माध्यम बन्ने बताए।

‘फिल्म शिक्षा प्रदान गर्ने प्रभावकारी माध्यम हो। फिल्मले मानव अधिकार सुरक्षित गर्न, प्रवर्द्धन गर्न र जगरुकता सिर्जना गर्न सहयोग गर्छ। समाजमा बालबालिकाको अपहरण, महिला हिंसा, जातीय विभेदजस्ता अपराध शृंखला रोकिएका छैनन्। जसको संरक्षण र प्रवर्द्धनमा फिल्म प्रभावकारी माध्यम बन्न सक्छ,’ उनले भने। 

मानव अधिकार मैत्री समाज निर्माणको लागि मानव अधिकारको विषयमा फिल्म बन्नुपर्ने बताए। ‘मानव अधिकारको विषयलाई अझै शिक्षा प्रदान गर्नुपर्नेछ। मानव अधिकारको विषयलाई आधार बनाएर फिल्ममेकरले फिल्म बनाउँन सक्यो भने तल्लोतहको मानिससम्म शिक्षा प्रदान गर्न सक्छ। त्यसैले फिल्ममेकरले पनि मानव अधिकार के हो भनेर बुझाउँन जरुरी छ। फिल्मको माध्यमद्वारा मानिसलाई मानव अधिकारको विषयलाई शिक्षा प्रदान गर्न सक्यो आफ्नो अधिकार सुरक्षाका लागि दाबी गर्न सक्छन्। त्यसैले जनतामा मावन अधिकारी सुरक्षाको लागि फिल्म सबैभन्दा ठूलो रोल हुन्छ,’ उनले भने। 

समारोहमा बल्दै मानव अधिकार चलचित्र केन्द्रका अध्यक्ष विष्णु खत्रीले कलाका विभिन्न विधामा अध्ययन, अनुसन्धान, शिक्षा, संवाद र नीतिगत पैरवीसँग सम्बन्धित अभियानहरू मानव अधिकार चलचित्र केन्द्रले आफ्नो स्थापनाकालदेखि नै नियमित गर्दै आएको बताए। 

‘चलचित्र, भिडियो र कलाका विभिन्न विद्याहरू मानव अधिकार शिक्षा र मानव अधिकारसँग सम्बन्धित सवालहरूको उठानमा प्रभावकारी माध्यम बन्न सक्छन् भन्ने विश्वासका साथ वार्षिक रूपमा मानव अधिकार चलचित्र महोत्सवको आयोजना गर्दै आइरहेका छौँ। कलामा आधारित माध्यम विषेश गरी मानव अधिकार र चलचित्रको सम्बन्धमा हामीले हाम्रो अनुभव, सिकाइ, विज्ञतालाई विश्वभर बाँड्ने प्रयास गरेका छौँ। हाम्रो मानव अधिकारमैत्री चलचित्र निर्माण हाम्रो एउटा अभियान हो। मानव अधिकार शिक्षाको प्रवर्द्धन तथा मानव अधिकार संस्कृतिको स्थापनामा यस्तै प्रयासहरूले योगदान पुग्ने अपेक्षासहित क्रियाशील छौंँ,’ उनले भने। 

त्यस्तै, महोत्सवमा विश्वभरबाट खुला आवेदनबाट संकलन गरिएका कथानक चलचित्र, वृत्तचित्र, एनिमेसनलगायतका नेपालसहित  २७ देशका ५४  वटा चलचित्र देखाइने महोत्सवका अध्यक्ष अरुणदेव जोशीले बताए।

महोत्सवमा नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यानमार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, अयारल्यान्ड, किर्जिस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा निर्मत चलचित्र तथा वृत्तचित्रहरू प्रदर्शन गरिनेछ।

महोत्सवको उद्घाटनमा सुभांगी खड्काको वृत्तचित्र ‘द एज अफ लर्निङ’ प्रदर्शन देखाइयो। गोर्खाली तक्मा ब्यान्डले सांगीतिक प्रस्तुति पनि दिएको थियो। सामूहिक नारासहित  आयोजना सुरु भएको महोत्सवमा मंसिर २६ सम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ। 

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन्। महोत्सवमा जुरीबाट छनाेट भएका उत्कृष्ट पाँच चलचित्रलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय सर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगदसहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै, महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ।

महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्रकर्मी, दर्शक, विश्लेषक र मानव अधिकारकर्मीबीचको बहस हुनेछ। यस वर्ष महोत्सवमा ‘सिनेमा विकासका लागि राजनीतिक प्रतिबद्धता’ र ‘सामूहिक अधिकार : अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभ्यास र राज्यको दायित्व’ विषयमा राजनीतिकर्मी, अधिकारकर्मी र चलचित्रकर्मीरूबीच दुईवटा प्यानल छलफल पनि राखिएको छ। साथै महोत्सवमा मानव अधिकारसँग सम्बन्धित फोटो प्रदर्शनी पनि राखिएको छ।

महोत्सवको समापन समारोहमा बेलायतको एल्बम एहसासको सर्ट फिल्म ‘येल्लो’ प्रदर्शन हुनेछ। समापन समारोह मंसिर २६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा सम्पन्न हुनेछ।


 

ad
ad