१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
एजेन्सी
२o८१ बैशाख १९ बुधबार o६:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

गर्मी मौसममै विश्वकप गर्ने योजनामा साउदी अरेबिया

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:४५:oo

साउदी अरेबियाले विश्वकपमा प्रयोग हुने सबै रंगशालालाई चिसो बनाउने जनाएको छ, जुन ठ्याक्कै कतारले अपनाएजस्तै हो 

सन् २०३४ को विश्वकप फुटबल प्रतियोगिताको आयोजक राष्ट्र साउदी अरेबिया हो । चर्को गर्मी भएको स्थानमा युएईले पनि कतारले झैँ विन्टर सिजनमा गर्ने पूर्वअनुमान थियो । किनभने सन् २०२२ को विश्वकप आयोजक कतारले विन्टरमै सफलतापूर्वक प्रतियोगिता गरेको थियो । सामान्य गरी विश्वकप जुन–जुलाईमा हुन्छ । यसवेलामा पूर्वीमध्य एसियामा चर्को गर्मी हुने मौसम हो । यसकारण पनि युएईले विश्वस्तरीय रंगशाला निर्माण गरी जाडो मौसममै विश्वकप गर्नुपर्ने विज्ञहरूले सुझाव दिएका छन् । तर, युएईले सबै अनुमानविपरीत फिफाले दिइएको समयमै विश्वकप निर्धारित मितिमै हुने जनाएको छ । ‘साउदी अरेबियाले मध्यगर्मीको मौसममै विश्वकप गर्ने योजनाका साथ अगाडि बढेको छ,’ गल्फ टाइम्सले उल्लेख गरेको छ । 

एक रिपोर्टअनुसार जुन–जुलाईमा साउदी अरेबियामा कम्तीमा ६० डिग्री पुगेको हुन्छ । यस्तो गर्मीको वेलामा पनि कसरी विश्वकप आयोजना गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर साउदी अरेबियासँग छ । साउदी अरेबियाले विश्वकपमा प्रयोग हुने सबै रंगशालालाई चिसो बनाउने जनाएको छ । जुन ठ्याक्कै कतारले अपनाएको विधि हो । कतारले पनि गत वर्ष विश्वकप आयोजना गर्दा सबै विश्वकपमा अत्याधुनिक मेसिनको सहयोगमा एसी जडान गरेको थियो । जसका कारण रंगशालामा कसैले पनि गर्मीको महसुस नै गर्न पाएनन् । 

कतारको भन्दा फरक रंगशाला र त्यसमा सुविधासमेतमा आमूल परिवर्तन हुने साउदी अरेबियाले जनाएको छ । साउदी राजकुमार मोहमद विन सलामले विश्वकपमा कुनै किसिमको कमजोर नहुने दाबी गरेका छन् । ‘हामी अहिलेसम्मकै उत्कृष्ट विश्वकप गराउने योजनाका साथ अगाडि बढिरहेका छौँ,’ राजकुमार मोहमदले भने, ‘त्यसवेला फुटबल हेर्न आउनेले फरक साउदी अरेबिया र फुटबल माहोल पाउनेछन् ।’ गत अक्टोबर ३१ मा अस्ट्रेलियाले विश्वकप आयोजना गर्ने दाबी फिर्ता लिएपछि साउदी अरेबिया सन् २०३४ को एक्लो आयोजक राष्ट्र बनेको हो । 

साउदीका खेलकुदमन्त्री तथा राजकुमार विन अल फैसलले सम्बन्धित निकायसँग विश्वकप आयोजना गर्ने मितिबारे छलफल भइरहेको जानकारी दिएका छन् । ‘हामीले कुन समयमा विश्वकप गर्दा उपयुक्त हुन्छ भनी विचार र छलफल गरिरहेका छौँ, धेरैजसोले फिफाले दिएको मितिमै गर्नुपर्ने सुझाव दिएका छन्,’ खेलकुदमन्त्री अल फैसलले भने, ‘हाम्रो प्रयास पनि निर्धारित समयमै विश्वकप गराउने हो, यसमा कुनै कन्जुस्याइँ हुनेछैन ।’ 

ad
ad