Skip This
चोरीका हतियारसहित तीनजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २२ शुक्रबार १७:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीका हतियारसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १७:४९:oo

चोरीका दुई नाल हतियारसहित तीनजना पक्राउ परेका छन्। 

प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट घरेलु हतियारसहित चोरीमा संलग्न सुनसरी बराहक्षेत्र नगरपालिका– ३ निवासी ३६ वर्षका दिलीप माझी, कामपा– १३ निवासी २१ वर्षीय कुशल मल्लिक र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– ३ की २७ वर्षीया काजलकुमारी भुजेललाई बिहीबार पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट दुईनाले बन्दुक एक थान, २२ बोरको राइफल एक थान, खुँडा दुई थान, खुकुरी ६ थान, हँसिया एक थान, फलामको चुप्पी एक थान, बन्चरो एक थान र मोटरसाइकलको सक दुई थान बरामद गरेको छ।

प्रहरीले पक्राउ परेको व्यक्तिलाई डाँका चोरी तथा हातहतियार खरखजनासम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी प्रहरी वृत्त कालीमाटीबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए। 

यही मंसिर १६ गते कामपा– १३ ताहचल बस्ने ७४ वर्षीय पुष्प जोशीको घरबाट इजाजतपत्रसहितको दुईनाले ४१० बोरको टोटावाल बन्दुक एक थान र २२ बोरको राइफल अज्ञात समूहले चोरी गरी लगेको थियो।