मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Friday, 28 August, 2026
२o८o मङ्सिर २२ शुक्रबार १६:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले मात्र राष्ट्रवादी शक्ति : अध्यक्ष ओली

पोखरामा ओलीलाई सारंगी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १६:३६:oo

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालमा एमाले मात्रै राष्ट्रवादी शक्ति रहेको दाबी गरेका छन्। झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा शुक्रबार पोखराको लेखनाथस्थित तालचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो दाबी गरेका हुन्।

एमालेबाहेक अन्य कसैले पनि देश बनाउन नसक्ने भन्दै उनले यसलाई वर्तमान सरकार र सरकारमा रहेका दलका गतिविधिबाटै पुष्टि भएको जिकिर गरे।

सरकार र गठबन्धनमा रहेका दल आफ्नो जिम्मेवारी बहन गर्न नसकेर एमालेको विरोध गर्न मात्रै एकजुट भएर लागेको ओलीको आरोप छ। एमालेले सरकारमा रहँदा जनमुखी काम गरेर जनतामा आशाको सञ्चार जगाए पनि त्यसपछिका सरकारले निराशा जगाउने काम मात्रै गरेको ओलीको भनाइ थियो।

गत निर्वाचनसम्म आफ्नो पार्टी सरकारमा रहेको भए हाल अन्य दलका पसल बन्द भइसकेको हुने दाबी गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा एकल सरकार बनाउने उद्देश्यसहित एमालेले यो अभियान सञ्चालन गरेको बताए।

०८४ को निर्वाचनमा एमालेले बहुमत ल्याए अहिले भएका विकृति र विसंगतिको अन्त्य गरी विकासले गति लिने उनको दाबी छ। पार्टीको अभियानका क्रममा जनताबाट गरिबी र सुकुमबासीको समस्याबारे बढी गुनासो आएको ओलीले बताए। 

सम्बोधनका क्रममा लेखनाथ पौडेल, लोकगायक अलि मियाँ, झलकमान गन्धर्वको सम्झनासमेत गरेका ओलीले पोखराको प्राकृतिक सुन्दरताको वर्णन गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले ओलीलाई सारंगी उपहार दिइकी थिइन्। लगत्तै ओलीले सारंगी बजाएका थिए। यसअघि ओलीले पोखरामा रहेको पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए।