१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Wednesday, 26 June, 2024
२o८o मङ्सिर २२ शुक्रबार १३:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

बसले मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडामा एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार १३:o५:oo

मकवानपुरको हेटौँडामा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार एकजनाको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका– १२ की ३२ वर्षकी निशा कुमारी रहेकी छिन्। उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

हेटौँडा– १५ रातोमाटेस्थित  पूर्व–पश्चिम राजमार्गमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना.४ख ९५२० नम्बरको बसले सोही दिशातर्फ आउँदै  गरेको ना.५३प ८५२७  नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार निशा कुमारीको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलचालक सोही स्थानका ४३ वर्षीय रोशनकुमार रायको बायाँ खुट्टामा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

मृतक र घाइते श्रीमान्–श्रीमती हुन्। ठक्कर दिने बस, बसका चालक र मोटरसाइकल प्रहरी चौकी रातोमाटेको नियन्त्रणमा रहेको छ।

ad
ad
ad
ad