Skip This
यू–१९ एसिया कप आजदेखि : पाकिस्तानको सामना गर्दै नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २२ शुक्रबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २२ शुक्रबार o७:o१:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ एसिया कप आजदेखि : पाकिस्तानको सामना गर्दै नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २२ शुक्रबार o७:o१:oo

युएईमा शुक्रबारदेखि एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । नेपालको युवा टोली आज पहिलो खेलमै पाकिस्तानविरुद्ध खेल्नेछ । नेपालको समूह ‘ए’मा भारत र अफगानिस्तान पनि छन् । कठिन समूहमा रहेको नेपालका कप्तान देव खनालले सेमिफाइनल पहिलो लक्ष्य भएको बताएका छन् । यद्यपि, सर्वाधिक बलिया राष्ट्र रहेको नेपाललाई अन्तिम चारमा पुग्न कठिन देखिन्छ । 

‘हामीहरूको समूहमा उपाधि दाबेदार राष्ट्र भए पनि उत्कृष्ट प्रदर्शन गरी सेमिफाइनल पुग्ने लक्ष्य राखेका छौँ,’ कप्तान देवले भने । यसपटक नेपाली टोलीमा सिनियर खेलाडी गुल्सन झा फर्किएका छन् । उनको आगमनले टोली हौसिएको छ । गुल्सनले सिनियर टोलीबाट २४ एकदिवसीय र ११ अन्तर्राष्ट्रिय टी–२० खेलेका छन् । उनले श्रीलंका र पाकिस्तानमा भएको एसिया कपमा पाकिस्तान र भारतविरुद्ध खेलेका थिए । 

यू–१९ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई एक बलियो राष्ट्रका रूपमा लिने गरिन्छ । नेपालले टेस्ट मान्यताप्राप्त राष्ट्रलाई हराइसकेको छ । युवा टोलीले यू–१९ विश्वकपमा सन् २००१ देखि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सन् २००२ मा न्युजिल्यान्डमा भएको आइसिसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई हराएको थियो । सोही प्रतियोगितामा नेपालले प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा अर्को टेस्ट टोली बंगलादेशलाई पनि स्तब्ध बनायो । सन् २००४ मा नेपालको युवा टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो ।

सन् २००६ को यू–१९ विश्वकपको प्लेट च्याम्पियनसिपको सेमिफाइनलमा दक्षिण अफ्रिका र फाइनलमा न्युजिल्यान्डलाई हराएर नेपाल प्लेट च्याम्पियन बनेको थियो । सन् २०१६ को युवा विश्वकपमा नेपालले न्युजिल्यान्डलाई हराएको थियो । उमेर समूहमा एसोसिएट राष्ट्रमध्ये सर्वाधिक बलियो मानिने नेपालले पाकिस्तानविरुद्ध यस्तै इतिहास दोहो¥याउने लक्ष्य राखेको छ ।