१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २१ बिहीबार o९:५९:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सर्वाेच्चमा प्रस्तावित न्यायाधीशविरुद्ध १० उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार o९:५९:oo

 सर्वाेच्च अदालतको न्यायाधीशमा सिफारिस तीनजनाविरुद्ध १० वटा उजुरी परेको छ । न्यायपरिषद्बाट सर्वाेच्चमा सिफारिस ६ न्यायाधीशमध्ये तीनजनाविरुद्ध उजुरी आएको संसदीय सुनुवाइ समितिले जनाएको छ । समिति सचिव पद्मप्रसाद पाण्डेयका अनुसार तीनजना न्यायाधीशविरुद्ध १० र पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालविरुद्ध एउटा उजुरी परेको छ । 

५ मंसिरमा न्यायपरिषद्ले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वाेच्चको न्यायाधीश पदमा सिफारिस गरेको थियो । सुवेदी, मुसलमान, पौडेल र ढुंगाना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता हुन् । यसैगरी, २३ कात्तिकमा मन्त्रिपरिषद्ले पोर्चुगलका नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको थियो ।

सातैजनाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै समितिले ८ मंसिरमा उजुरी आह्वान गरेको थियो । समितिका अनुसार न्यायाधीशमा सिफारिस सुवेदीविरुद्ध ६, ढुंगानाविरुद्ध तीन र मुसलमानविरुद्ध एउटा उजुरी परेको छ । अधिकांश कार्यक्षमता र आचरणसम्बन्धी रहेको समितिका एक सदस्यले बताए । 

प्रस्तावित व्यक्तिहरूविरुद्ध परेको उजुरी खोल्न बिहीबार बिहान ११ बजे समितिको बैठक बोलाइएको छ । प्रस्तावित राजदूत तथा सर्वोच्च अदालतका न्यायाधीशका नियुक्तिको प्रक्रियामा परेको उजुरी खोली सांसदहरूलाई वितरण गर्न बैठक आह्वान गरिएको समिति सचिव पाण्डेयले जानकारी दिए । उजुरीमाथि अध्ययन पनि प्रस्तावित व्यक्तिहरूको सुनुवाइ हुनेछ ।