Skip This
लुम्बिनीमा चार महिनामा ३६७ दुर्घटना, ११५ को मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १९ मंगलबार
  • Saturday, 27 July, 2024
लुम्बिनी सांस्कृतिक नगरपालिका– ४ महुवारीमा १६ मंसिरमा स्कुलबसको ठक्करबाट दुईजनाको ज्यान गएपछि स्थानीयले स्कुलबसमा आगो लगाइदिए । तस्बिर : दीपेश पछाई/नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o६:१५:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

लुम्बिनीमा चार महिनामा ३६७ दुर्घटना, ११५ को मृत्यु

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १९ मंगलबार o६:१५:oo

लुम्बिनी प्रदेशमा विगत चार महिनामा एक सय १५ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा तीन सय ६७ दुर्घटना हुँदा २७ चौपायाको समेत ज्यान गएको छ । दुर्घटनामा परी तीन सय ४७ जना गम्भीर घाइते भएका छन् भने सामान्य घाइतेको संख्या दुई सय ३४ रहेको छ । 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमबहादुर थापाका अनुसार क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनदेखि तीव्र गतिमा चलाइएका र मादक पदार्थ सेवन गरी चलाएका सवारीसाधन बढी दुर्घटनामा परेका छन् । 

सबैभन्दा धेरै दुर्घटना हुने जिल्लामा रुपन्देही देखिएको छ । रुपन्देहीमा ९० वटा सवारीसाधन दुर्घटना हुँदा २३ जनाले ज्यान गुमाएका छन् । यहाँ पाँच चौपायाको मृत्यु भएको छ । बाँकेमा ५३ सवारी दुर्घटनामा परी २२ जनाले ज्यान गुमाएका छन् । बाँकेमा ६ चौपायको पनि मृत्यु भएको छ । त्यस्तै, दाङमा ६४ सवारीसाधन दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । कपिलवस्तुमा ९० वटा सवारीसाधन  दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । यहाँ १३ चौपाया मरेका छन् । 

डिएसपी थापाका अनुसार नवलपरासी पश्चिममा ३७ सवारीसाधन दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । यहाँ एक चौपायाको समेत ज्यान गएको छ । पाल्पामा १४ सवारी दुर्घटनामा परी ११ जनाले ज्यान गुमाएका छन् भने बर्दियामा २८ सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । 

यस अवधिमा गुल्मीमा एउटा मात्रै दुर्घटनामा भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । रुकुम पूर्वमा भने तीनवटा सवारीसाधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठान र रोल्पामा ६–६ वटा दुर्घटना भएका छन् । प्युठानमा एक र रोल्पामा ६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, अर्घाखाँचीमा १२ वटा सवारी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । 

८६ हजार सवारीसाधन कारबाहीमा
लुम्बिनी प्रदेशमा चार महिनाको अवधिमा ८५ हजार नौ सय ६० सवारीसाधन कारबाहीमा परेका छन् । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ६ करोड २९ लाख १७ हजार दुई रुपैयाँ राजस्व संकलन भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी होमबहादुर थापाले जानकारी दिए ।

सबैभन्दा धेरै रुपन्देहीमा १९ हजार चार सय २२ सवारीसाधन कारबाहीमा परेका छन् । त्यसबाट एक करोड ७९ लाख १६ हजार राजस्व संकलन भएको छ । कपिलवस्तुमा १४ हजार दुई सय ३२ सवारीसाधन कारबाहीमा पर्दा एक करोड सात लाख ११ हजार पाँच सय राजस्व संकलन भएको छ । नवलपरासी पश्चिममा १२ हजार तीन सय कारबाहीबाट ७६ लाख ६८ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । 

बाँकेमा आठ हजार आठ सय ७२ कारबाहीबाट ६८ लाख १८ हजार संकलन भएको छ भने दाङमा सात हजार पाँच सय ८० कारबाहीबाट ५१ लाख ८७ हजार पाँच सय दुई रुपैयाँ राजस्व संकलन गरिएको छ । पाल्पामा पाँच हजार सात सय ७९ सवारीसाधन कारबाहीमा परेका छन् । यहाँ ३८ लाख ७७ हजार राजस्व संकलन भएको छ । बर्दियामा ६ हजार ६ सय आठ सवारीसाधनबाट ३८ लाख ६३ हजार राजस्व संकलन भएको छ । प्युठानमा तीन हजार पाँच सय ५०, गुल्मीमा तीन हजार ५०, अर्घाखाँचीमा दुई हजार ५०, रोल्पामा एक हजार आठ सय र रुकुम पूर्वमा सात सय १७ सवारी कारबाहीमा परेका छन् । 

प्युठानमा २१ लाख एक हजार पाँच सय, गुल्मीमा १८ लाख ६९ हजार पाँच सय, अर्घाखाँचीमा १२ लाख १७ हजार पाँच सय, रोल्पामा ११ लाख ९१ हजार पाँच सय र रुकुम पूर्वमा चार लाख ९५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ । लुम्बिनीमा अघिल्लो आर्थिक वर्षको सोहीअवधिमा ८१ हजार चार सय ५२ सवारी कारबाहीमा परेका थिए । त्यसबाट पाँच करोड ४३ लाख तीन हजार राजस्व संकलन भएको थियो । 

ट्राफिक सचेतना कार्यक्रम
लुम्बिनी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन सचेतना कार्यक्रम पनि निरन्तर सञ्चालन भइरहेका छन् । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार यो आर्थिक वर्षको चार महिनामा चार हजार ४५७ वटा कार्यक्रम गरिएका छन् । यस्ता कार्यक्रम अघिल्लो वर्षको सोही अवधिमा जम्मा पाँच सय ६७ वटा भएका थिए । यी कार्यक्रमबाट यो वर्षको चार महिनामा एक लाख ८७ हजार चार सय ९७ जना लाभान्वित भएको दाबी छ । अघिल्लो वर्ष सोही अवधिमा लाभान्वित हुनेको संख्या ३५ हजार एक सय ७० रहेको थियो । सूचना अधिकारी डिएसपी थापाले सचेतना कार्यक्रमहरू प्रभावकारी बन्दै गएको बताए ।