Skip This
कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १६ शनिबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १६ शनिबार १६:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कामपाको स्वर्णिम योजना कार्यान्वयनको चरणमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १६ शनिबार १६:२१:oo

काठमाडौं महानगरपालिकाले स्वर्णिम योजनाअन्तर्गतको परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले बाँसुरीवादन प्रतियोगिता आयोजन गर्ने भएको छ। कामपाले आफ्नो २९औँ वार्षिकोत्सवका अवसरमा महानगरस्तरीय बाँसुरीवादन प्रतियोगिता आयोजन गर्न लागेको हो।  

 यही मंसिर २७ गते राष्ट्रिय सभागृहमा आयोजना हुने प्रतियोगिताबाट प्रथम स्थान हासिल गर्नेलाई रु एक लाख ५० हजारका साथै सिल्डमा चाँदीको ठूलो बाँसुरी प्रदान गरिने कामपाको स्वर्णिम योजनाका सम्पर्क व्यक्ति धर्म मुनिकारले जानकारी दिए। दोस्रो हुनेलाई रु एक लाख नगद र सिल्डमा चाँदीको मझौला बाँसुरी तथा तेस्रोलाई रु ५० हजार नगदसहित सिल्डमा चाँदीको सानो बाँसुरी प्रदान गरिने उनले बताए। 

प्रतियोगितामा सहभागी हुन कामपाको सम्पदा तथा पर्यटन विभागले दर्ता फाराम उपलब्ध गराएको छ। ‘इच्छुक समूहले फाराममा नाम, ठेगानासहित प्रतियोगितामा कुन बाँसुरी बजाउने ठूलो (घोर), मध्यम (माझवाल), सानो बाँसुरी (तिप), स्केलसहितको विवरण भर्नुपर्नेछ,’ मुनिकारले भने, ‘दर्ता फाराममा टोल, गुथी वा संघस्थाका गुरुः कजीः, नायः बाट सिफारिस गराउनुपर्छ। यसपछि वडाबाट सिफारिस गराएर मंसिर २० गतेभित्र विभागमा पठाउनुपर्नेछ।’   

 मुनिकारका अनुसार एउटा समूहमा १२ जनाले सहभागिता जनाउन सक्नेछन्। यसमा आठजनाले बाँसुरी मात्र वादन गर्नुपर्नेछ। सकेसम्म तीनवटै बाँसुरी समावेश गर्नुपर्ने उनले बताए। यो सम्भव नभए कम्तीमा ठूलो र मध्यम वा मध्यम र सानो अनिवार्य बजाउनुपर्ने उनले जानकारी दिए। 

यस्तै, दुईजनाले नेवार समुदायमा बजाइने धातुबाट बनेका बाजा सहायक बाजाका रूपमा बजाउन पाउने मुनिकारले बताए। ‘प्रतियोगीले पाँचवटा धुन छानेर पठाउनु पर्नेछ। जसमध्ये दुईवटा धुन प्रतियोगितामा बजाउनुपर्छ। पहिलो आफैँले छानेको बजाउन पाइन्छ भने दोस्रोमा गोलाबाट छान्दा जुन आउँछ, त्यही बजाउनुपर्छ’, उनले भने। 

एउटा धुन पाँच मिनेटभित्र सक्नुपर्ने भन्दै मुनिकारले चार मिनेटमा संकेत बज्ने जानकारी दिए। यदि छोटा धुन भए दुईवटासम्म मिलाएर बजाउन पाइन्छ। जसका लागि गीत नेपाल भाषाकै हुनुपर्छ। 

कार्यक्रममा सहभागी सबैलाई प्रोत्साहनस्वरूप र १० हजार नगद र प्रमाण दिने कामपाको तयारी छ। कामपाले यस वर्ष स्वर्णिम योजनाअन्तर्गत २५ विषयगत क्षेत्रका योजना छनोट गरेको छ। जसका लागि रु दुई अर्ब रकम विनियोजन गरिएको छ।