१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नयाँ पत्रिकाकर्मी मुना कुँवरसहित ६ पत्रकार सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:५६:oo

नयाँ पत्रिकाकर्मी मुना कुँवर सम्मानित भएकी छिन् । उनी सेजन छापामाध्यम अवार्डमार्फत सम्मानित भएकी हुन् । उनले नयाँ पत्रिकामा प्रकाशित समाचार ‘श्रमिकको शवमा पनि ठगी’ शीर्षकको समाचारबाट अवार्ड प्राप्त गरेकी हुन् । त्यस्तै, सेजन बोर्डकास्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेल र सेजन डिजिटल अवार्ड क्लिकमान्डु डटकमका राजेश बर्माले प्राप्त गरेका छन् ।

यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र देवेन्द्र भट्टराईले प्राप्त गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई यो अवार्ड दिइएको हो । भोला चालिसे लिबरल जर्नालिजम अवार्ड हिमाल खबरका रमेश कुमारले प्राप्त गरेका छन् । त्यस्तै, एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेले प्राप्त गरेका छन् ।

ad
ad