Skip This
एमालेको मध्यपहाडी संकल्प यात्रा आजबाट सुरु   
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Friday, 26 July, 2024
समाचार डिजिटल संस्करण

एमालेको मध्यपहाडी संकल्प यात्रा आजबाट सुरु   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o९:५६:oo

प्रमुख प्रतिपक्षी दल एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘मध्यपहाडी लोकमार्ग संकल्प यात्रा’ सुरु गरेकाे छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरेका छन् । 

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान नेपाली झन्डा झन्डाेत्तोलन गरेर संकल्प यात्रा शुभारम्भ गरेका हुन् । यस अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताए । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उनको भनाइ थियो ।

संकल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गर्न लागिएको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता–कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाट गर्ने कार्यक्रम रहेको छ ।