Skip This
कांग्रेसले आगामी नीति बनाउँदा जनताको सुझाव लिनुपर्छ : महर
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ९ शनिबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ९ शनिबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसले आगामी नीति बनाउँदा जनताको सुझाव लिनुपर्छ : महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ९ शनिबार १७:१o:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्नेबारेमा सुझाव लिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनलाई तम्घासमा सम्बोधन गर्दै नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायतसँग आगामी नीति कस्तो बनाउने भन्नेबारेमा सुझाव लिनुपर्ने बताएका हुन्।

‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आमचासो हुन्छ। सकेसम्म अधिकांश जनताको पनि सुझाव लिनुपर्थ्यो। नभए क्रियाशील सदस्य र शुभेच्छुकसँग आगामी गन्तव्य कस्तो बनाउने भन्ने सुझाव लिनुपर्छ। ढिलो भइसक्यो, अब थप ढिलाइ गर्नुहुँदैन,’ उनले भने।

पार्टीमा जिम्मेवारी प्राप्त नेतृत्वले यस्ता कुरामा ध्यान दिनुपर्ने महरको धारणा छ। ‘कांग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर मैले केन्द्रीय कार्यालयमा मागपत्र दर्ता गरिसकेको छु। उक्त माग सम्बोधनका लागि पुनः यही सम्मेलनबाट आग्रह गर्छु,’ उनले भने।

यसका साथै महरले पार्टीभित्र अवसरको समान वितरण हुनुपर्नेमा पनि जोड दिए। कसैले सधैँ अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ। महरले भने, ‘एउटै व्यक्ति पटक-पटक सांसद, मन्त्री र पार्टीका जिम्मेवारीमा रहनु राम्रो होइन।’

गठबन्धनले पार्टीको क्षमतामा ह्रास आएको टिप्पणी गर्दै उनले २०औं वर्ष सत्ताबाहिर बसे पनि कांग्रेसलाई भोट माग्दा रुखमै भोट माग्नुपर्ने पार्टी बनाउनुपर्नेमा जोड दिए।

‘नेपाली कांग्रेसलाई अब गठबन्धनविनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ महरले भने, ‘त्यसका लागि हामी जनतामाझ नै जाने हो। उहाँहरूका कुरा सुन्ने हो। जनपेक्षाअनुसार काम गर्ने हो।’