१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ३ बिहीबार २o:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सखडा रोडमा चल्यो राजविराज नगरपालिकाको डोजर

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २o:२३:oo

राजविराज-सखडा सडकखण्ड फराकिलो गर्न राजविराज नगरपालिकाले आज डोजर लगाएर अतिक्रमित संरचना भत्काउन सुरु गरेको छ ।

राजविराज नगरपालिका– ६ स्थित सखडा सडक–बागेश्वरी मन्दिरदेखि पूर्वी मोडसम्मको सडकआसपासका घरटहरालगायतका अतिक्रमित संरचना हटाउन सुरु गरिएको हो ।

उक्त अतिक्रमणका कारण मन्दिर तथा सोही सडक बाटो हुँदै सीमावर्ती भारतको बिहार आवतजावत गर्न समस्या हुने गरेको थियो । 

राजविराज नगरकी कार्यवाहक प्रमुख इसरत परविनले सडक फराकिलो पार्ने काममा समेत प्रभाव पर्दै आएकाले अतिक्रमित संरचना हटाउन सुरु गरिएको बताइन् ।

अतिक्रमित संरचना खाली गर्न राजविराज नगरपालिकाले पछिल्लोपटक १५ दिने सूचना जारी गरेको थियो । यसअघि हटिया, कञ्चनपुर सडकसहितका ठाउँको अतिक्रमित घर, टहरालगायतका संरचना हटाइएको थियाे ।

अतिक्रमण हटाउने क्रममा राजविराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद गुरुङ, राजविराज नगरपालिका– ८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता जयनारायण मण्डल, वडा नम्बर २ का अध्यक्ष अरुणकुमार यादव, वडा नम्बर ७ का अध्यक्ष सुभास यादव, वडा नम्बर १३ का अध्यक्ष त्रिलोकीनाथ चौधरीसहित नगरपालिकाका कर्मचारी तथा प्रहरीको बाक्लो उपस्थिति रहेको थियो ।

ad
ad