Skip This
कांग्रेस सांसद पौडेलको टोली जाजरकोटमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ७ बिहीबार
  • Saturday, 27 July, 2024
२o८o मङ्सिर ७ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कांग्रेस सांसद पौडेलको टोली जाजरकोटमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर ७ बिहीबार १o:o६:oo

कांग्रेस सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्प प्रभावित जाजरकोटमा अस्थायी आवास निर्माणमा खटिएको छ । कांग्रेसको श्रमदानको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले पुगेर नलगाड नगरपालिका– ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको कामलाई निरन्तरता दिइरहेको छ । 

टोलीका सदस्य सुशील भट्टका अनुसार पौडेल नेतृत्वको टोलीले करिब सय अस्थायी आवास निर्माणमा सहयोग गर्ने लक्ष्य लिएको छ । पौडेल नेतृत्वमा रहेको १५० जनाको टोलीले क्षतिग्रस्त भएका घरहरूको भग्नावशेष पन्छाउन सहयोग गरिरहेका छन् । पौडेलले आफ्नो टोलीले लक्ष्यअनुसार काम गरिरहेको बताए ।

मंगलबार कांग्रेसले श्रमदानको औपचारिक निर्णय लिएको थियो । निर्णयसँगै भूकम्प प्रभावित क्षेत्रमा श्रमदानका लागि पुगेको पहिलो टोली हो । टोलीमा नेता पौडेलसहित प्रदेश सभा सदस्य दिल्लीराम सुवेदी, महासमितिहरू सदस्यहरू सुशील भट्ट र महेन्द्र शाह, कांग्रेस कार्यालय सचिव मुक्ति आचार्यलगायत छन् ।

पौडेल नेतृत्वको टोलीले नलगाड नरगपालिका ४ र ५ वडामा खटिनेछ । टोलीमा नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ६ जना इन्जिनियर समावेश छन् ।