१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २२ बुधबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o कार्तिक २२ बुधबार १८:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लेकसाइड २४ सै घण्टा खुला राख्न उच्च अदालतको अन्तरिम आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक २२ बुधबार १८:३६:oo

देशकै प्रमुख पर्यटकीय स्थलमध्येको एक पोखरामा २४औँ घण्टा खोल्न दिन उच्च अदालत पोखराले बुधबार अन्तरिम आदेश जारी गरेको छ। अदालतका कामु मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले सो आदेश दिएको हो।

लेकसाइडको स्ट्रिट नम्बर १५ स्थित पहारी मार्गमा बि. बराल कोल्ड स्टोर्स एन्ड वाइन सप सञ्चालन गर्दै आएकी व्यवसायी देवीकुमारी बरालले साँझ ८ बजेपछि प्रहरीहरूले जबर्जस्ती पसल बन्द गर्न लगाएकाे विषयलाई लिएर मंगलबार (हिजो) जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाउँदै निवेदन दर्ता गरेकी थिइन्।

सोही निवेदनका सम्बन्धमा बुधबारको बहसपछि अदालतले सो आदेश दिएको हो। बरालका तर्फबाट वरिष्ठ अधिवक्ता मोहननाथ कोइरालासँगै अधिवक्तात्रय शिवराज वाग्ले, दीपक पराजुली र दिनेश आचार्यले बहस गरेका थिए।

लेकसाइड क्षेत्रको शान्ति सुरक्षाको जिम्मा वडा प्रहरी कार्यालय बैदामको हो। बैदाममा प्रत्येकपटक सरुवा भएर आउने प्रमुखहरूले आ-आफ्नो अनुकूलअनुसार काम गर्ने गरेको, व्यवसायीहरू सबैलाई एउटै नजरले नहेरेको, ठूला र साना व्यवसायीलाई एउटै व्यवहार नगरेको, साना व्यवसायीलाई विनाकारण दुःख दिने गरेको आरोप व्यवसायीहरूको छ।