१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वीरेन्द्रनगर नगरपालिकाले भूकम्पपीडितलाई २६ लाख सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:४२:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रभावितहरूको पुनर्स्थापना कोषमा २६ लाख सहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

नगरपालिकाको १६ वटै वडाको वडा विपद् कोषबाट रु एक लाखका दरले १६ लाख र नगर विपद् कोषबाट रु १० लाख गरी जम्मा २६ लाख सहयोग गर्ने नगरपालिकाले जनाएको छ।

यस्तै, वीरेन्द्रनगरका सामुदायिक विद्यालयहरूमा अध्ययन गर्न चाहने भूकम्पपीडित परिवारका बालबालिकाहरूलाई नगर शिक्षा विकास कोषमार्फत निःशुल्क अध्ययनको व्यवस्था गर्ने निर्णयसमेत भएको छ।

ad
ad