
जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रबिन्दु भई मंगलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पका परकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरू थप जोखिममा परेका छन्।
यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टरस्केलको भूकम्पपछि लगातार परकम्प गइरहेका छन्। रासस