१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डिप्रोक्स लघुवित्तको राहत प्याकेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:o५:oo

 जाजरकोटमा केन्द्रविन्दु बनाई गएको भूकम्पका कारण प्रभावित भएका आफ्ना सदस्यका लागि डिप्रोक्स लघुवित्तले राहत प्याकेज घोषणा गरेको छ । लघुवित्तले जाजरकोटको खलंगा र मिलबजार शाखा कार्यालयअन्तर्गतका सदस्यहरू तथा पश्चिम रुकुमका सिमबजार शाखाका सदस्यसहित आसपासका अन्य क्षेत्रमा समेत प्रभावित आफ्ना सदस्यका लागि राहत प्याकेज ल्याएको हो । 

जसअनुसार ज्यान गुमाएका सदस्यको हकमा मृतकको परिवारलाई २५ हजार रुपैयाँ, परिवारका अन्य सदस्यहरूको ज्यान गुमेकोमा परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने जनाइएको छ । सदस्य तथा निजका परिवार घाइते भएमा प्रतिघाइते १० हजार रुपैयाँ, सदस्यको बस्ने घर पूर्ण रूपमा क्षति भएमा पाँच हजार रुपैयाँ र आंशिक क्षति भएमा दुई हजार पाँच सय रुपैयाँ उपलब्ध गराउने संस्थाले जनाएको छ । 

शाखा कार्यालयको प्रारम्भिक प्रतिवेदनअनुसार खलंगा जाजरकोटमा संस्थामा आबद्ध पाँचजना सदस्य र आठजना सदस्यका छोराछोरीसमेत १३ जनाको मृत्यु हुनुका साथै २४ जना घाइते भएका र एक सय ५४ वटा घर पूर्ण रूपमा क्षति तथा पाँच सयवटा घर सामान्य क्षति भएको जनाइएको छ । 

शाखा कार्यालय मिलबजार जाजरकोटमा एकजना सदस्यको मृत्यु भएको र एकजना सदस्यको परिवारको मृत्यु भएको साथै ६० घर पूर्ण रूपमा क्षति भएका र दुई सय घरमा आंशिक क्षति भएको संस्थाले जनाएको छ ।त्यस्तै, पश्चिम रुकुमको सिमबजार शाखामा आबद्ध सदस्यहरूका ५० घर पूर्ण रूपमा क्षति भएका र दुई सय घरमा आंशिक क्षति भएकोे 
जनाइएको छ । 

ad
ad