१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २० सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक २० सोमबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

आठ वाणिज्य बैंकको लाभांश घोषणा

सबैभन्दा बढी लाभांश दिनेमा एनआइसी एसियाको ३०.५ प्रतिशत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक २० सोमबार o७:o८:oo

गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट आठ वाणिज्य बैंकहरूले लाभांश दिने घोषणा गरेका छन् । २० वाणिज्य बैंकमध्ये ११ बैंकले भने आइतबारसम्म लाभांश घोषणा गरेका छैनन् । सबैभन्दा बढी लाभांश दिनेमा एनआइसी एसिया रहेको छ ।एनआइसी एसियाले ३० दशमलव ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस सेयरबापत २९ प्रतिशत र १.५ प्रतिशत नगद लाभांश रहेको छ । बैंकले दसैँअघि नै लाभांश घोषणा गरेको थियो । एनआइसी एसियाले विगत दुई आर्थिक वर्षदेखि (आव ०७७/७८ र आव ०७८/७९) पुँजीकोष अनुपात तोकिएभन्दा कम भएको भन्दै लाभांश बाँड्न पाएको थिएन । 

आइतबार मात्रै ग्लोबल आइएमई बैंकले ९ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर दिने भएको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ । सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरिसकेको छ । यसैगरी, सिटिजन्स बैंकले ५.७९ प्रतिशत नगद लाभांश दिएको छ ।एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको छ । बैंकले वितरण गरेको नगद लाभांश सेयरधनीको खातामा पठाइसकेको छ ।

यसैगरी, सानिमा बैंकले ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश दिएको छ । गत आर्थिक वर्षको वासलातका आधारमा बैंकहरूको लाभांश घोषणा सन्तोषजनक रहे पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणले भने आगामी दिन सहज बन्ने देखिँदैन । निष्क्रिय कर्जाको अनुपात बढ्ने क्रमले खुद नाफा संकुचित बन्दै गइरहेको छ । पहिलो त्रैमासको खुद नाफामा १८.६० प्रतिशतले ह्रास आएको छ । 

ad
ad
ad
ad