१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूकम्प : खोज तथा उद्धार जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५९:oo

नेपाली सेनाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा खटिएको सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयको सहकार्यमा खोज तथा उद्धार जारी राखेको जनाएको छ। परिचालित फौजले मृतकको शव तथा घाइतेहरूको उद्धार गरी अस्पताल पठाउने काम गरिरहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

गएराति ११ : ४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका-१, रामीडाँडा केन्द्रबिन्दु बनाएर छ दशमलव चार रेक्टर स्केलको भूकम्प गएलगत्तै प्रभावित इलाकामा नेपाली सेनाको खोज तथा उद्धार टोली परिचालन भएको प्रवक्ता भण्डारीको भनाइ छ।काठमाडौं, सुर्खेत र नेपालगन्जमा डाक्टर र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धारका लागि ‘स्ट्यान्ड बाई’ राखिएको र घाइतेको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डाक्टरकाे टोली तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ। 

भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि एनए–०५७ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा तीनजना डाक्टरसहित १६ जना, एनए-०१६०६४ स्काई ट्रकमार्फत काठमाडौंबाट चौरजहारीमा १६ जना, एनए-०६१ बेल हेलिकोप्टरमार्फत सुर्खेत लामिडाँडामा तीनजना र एनए-०३८ एमआई हेलिकोप्टरमार्फत काठमाडौंबाट चौरजहारीमा २६ जना मेडिकल टिमसहितका फौज परिचालन गरिएको नेपाली सेनाले जनाएको छ।

ad
ad