१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १८ शनिबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o कार्तिक १८ शनिबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १८ शनिबार o९:३३:oo

नेपाली सेनाका लेस नायक सोल्टीमोडमा मृत अवस्थामा फेला परेका छन् । उनको शव शनिबार बिहान ६:१५ बजे काठमाडौंको सोल्टिमोड स्थित दरवार बैंकेट अगाडि सडक पेटिमा लडिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

काठमाडौंको चन्द्र गिरी नगरपालिका वडा नं. ६ घर भएका २६ वर्षीय सुमन कार्की मृत फेला परेका हुन् । उनको साथमा नेपाल आर्मीको आईडी कार्ड रहेको र उनी गणेश दल गण जंगी अड्डा भद्रकालीमा दरवन्दी भई लेस नायक दर्जामा कार्यरत रहेको  प्रहरीको भनाई छ । उनकाे मृत्युको कारण खुलेको छैन । तर, उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।