१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १७ शुक्रबार
  • Monday, 01 July, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o कार्तिक १७ शुक्रबार ११:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

धितोपत्र बोर्ड तत्काल सार्वजनिक सेयर निष्कासनको अनुमति नदिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १७ शुक्रबार ११:३२:oo

नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासन (आइपिओ) सेयर स्वीकृति रोक्ने निर्णय गरेको छ । बिहीबार बसेको धितोपत्र बोर्डको अनौपचारिक बैठकले सार्वजनिक निष्कासनको सेयर रोक्ने निर्णय गरेको हो । बोर्डको यो निर्णयसँगै हकप्रद सेयर, एफपिओलगायत सबै सार्वजनिक निष्कासन तत्काललाई रोक्का हुनेछन् ।

सेयर बजार पछिल्लो समय निरन्तर घटिरहेको अवस्थामा सार्वजनिक सेयरको आपूर्ति बढेकाले केही समयका लागि रोक्ने निर्णय गरिएको बोर्डका एक अधिकारीले बताए । उनले भने, ‘औपचारिक निर्णय हुन बाँकी छ, तर केही समयका लागि सार्वजनिक निष्कासन रोक्ने निश्चित भएको छ ।’

पछिल्लो समय लगानीकर्ताले बोर्डले सार्वजनिक निष्कासनलाई मनलाग्दी अनुमति दिएको भन्दै आलोचना हुँदै आएको थियो । बजार घटिरहेको समयमा सार्वजनिक निष्कासनको ताँती लाग्दा त्यसको असर दोस्रो बजारमा परेको लगानीकर्ता तथा नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘बोर्डको यो कदम ठिकै हो, दुई वर्षदेखि बजार लगातार घटिरहेको अवस्था छ । लगानीकर्ताले २० खर्ब रुपैयाँ गुमाएको अवस्थामा सार्वजनिक निष्कासन मात्रै आइरहने बजारचाहिँ घटिरहने अवस्थामा बजार कसरी राम्रो हुन्छ ? केही समयलाई स्वीकृत रोक्नु सकारात्मक नै लिन सकिन्छ ।’

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले बजार घटेकै आधारमा सार्वजनिक निष्कासन रोक्नुपर्ने कुनै कारण नभएको बताए । उनले भने, ‘बजार घटेको समयमा लगानीकर्तालाई झनै प्रोत्साहित गर्नुपर्नेमा सार्वजनिक निष्कासन नै रोक्नु ठीक होइन ।’

धितोपत्रमा हाल २० वटा कम्पनी सार्वजनिक निष्कासनको पर्खाइमा रहेका छन् । प्राथमिक चरणमा १० अर्ब ७७ करोड मूल्यबराबरको ६ करोड ७६ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेका थिए । जसमध्ये जगदम्बा स्टिल  प्रिमियम मूल्यसहित तीन सय रुपैयाँमा ६ अर्ब मूल्यबराबरको २० करोड कित्ता सेयर निष्कासनको तयारीमा रहेको थियो । त्यस्तै, बोर्डको स्वीकृतिका लागि कम्पनीको समीक्षाको चरणमा रहेका हिमस्टार ऊर्जा कम्पनी रहेको छ भने समीक्षा र निष्कासनको अन्तिम तयारीको चरणमा सातवटा कम्पनी रहेका छन् । यस चरणमा बुक बिल्डिङमा आउन लागेको रिलायन्स स्पिनिङ मिल्ससहित ६ करोड ५४ लाखबराबरको सात लाख ३१ हजार कित्ता सेयर निष्कासनको तयारीमा थिए ।

त्यस्तै, १२ कम्पनी १३ अर्ब ११ करोड मूल्यबराबरको १३ करोड ११ लाख कित्ता सेयर निष्कासनको तयारीमा रहेका थिए । एफपिओ निष्कासनका लागि पाँचवटा कम्पनी पाइपलाइनमा रहेका छन् । पहिलो चरणमा पाँच करोड २२ लाख रुपैयाँबराबरको पाँच लाख २२ हजार कित्ता, कम्पनीको समीक्षा चरणमा नयाँ सारथी वित्तीय संस्थाको तीन करोड ८२ लाख मूल्यबराबरको तीन लाख २९ हजार कित्ता र समीक्षाको अन्तिम चरणमा रहेका समता घरेलु लघुवित्त र किसान लघुवित्तको १९ करोड ९९ लाख मूल्यबराबरको १९ लाख ९९ हजार कित्ता सेयर बोर्डको स्वीकृतिको प्रतीक्षामा रहेका थिए । बोर्डले  कात्तिकमा मात्रै हिमालयन रिइन्स्योरेन्स, सर्वोत्तम सिमेन्ट, भिजन लुम्बिनीसहित ६ वटा कम्पनीलाई आइपिओ निष्कासनका लागि अनुमति दिएको थियो । बोर्ड स्रोतका अनुसार अनुमति पाएका कम्पनीको समेत निष्कासन रोकिनेछ ।
 

ad
ad
ad
ad