Skip This
स्राेत नखुलेको पाँच लाख नगदसहित भारतीय पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १५ बुधबार १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्राेत नखुलेको पाँच लाख नगदसहित भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार १३:३५:oo

सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीबाट प्रहरीले चेकजाँचको क्रममा स्राेत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहार राज्यको मधुवनी जिल्ला सुगापट्टि ग्रामपञ्चायत– ११ का करिब २९ वर्षीय सन्तोषकुमार महतोलाई स्राेत नखुलेको चार लाख ९७ हजार नौ सय रुपैयाँसहित पक्राउ गरिएको हो। 

सिराहाको सीमावर्ती ठाढी बजारबाट अनटेस्ट अटो चढेर लहानतर्फ आउँदै गरेको सूचनाको आधारमा मंगलबार साँझ करिब साढे ७ बजेतिर अटो रोकेर महतोले बोकेको झोला खानतलासी गर्दा स्रोत नखुलेको रकम बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए। 

स्राेत नखुलेको रकम बरामद भएलगत्तै महतोलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ।