१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

भिस्ताराले काठमाडौं–दिल्लीको दोस्रो उडान बुधबारबाट थाल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:oo:oo

अन्तर्राष्ट्रिय उडान क्षेत्रमा स्थापित भिस्तारा एयरलाइन्सले काठमाडौं–दिल्लीका लागि दोस्रो दैनिक उडान बुधबारबाट सुरु गर्ने भएको छ।

टाटा समूह र सिंगापुर एयरलाइन्सको संयुक्त लगानी रहेको भिस्ताराको दोस्रो उडान बिहान १०ः४० बाट हुनेछ। भिस्ताराको ए ३२० नेव जहाजमार्फत हुने अत्याधुनिक उडानमा तीन कक्षको ‘कन्फिगरेसन’का साथ सञ्चालन हुनेछ।

रुटमा बिजनेस र प्रिमियम इकोनोमीको साथै इकोनोमी क्लासको समेत सुविधा प्रदान गरिनेछ। भिस्ताराले यात्रुका लागि टिकट बुकिङ वेबसाइट, मोबाइल एप र ट्राभल एजेन्टमार्फत खुला गर्ने बताइएको छ।

भिस्ताराले गरेको यो उडानले यात्रुलाई लन्डन, पेरिस, फ्य्रांकफर्टलगायत भारतीय सहरहरू मुम्बई, बेंगलुरु, अहमदावाद, देहरादुन, कोच्ची, गोवा, चेन्नाई, पुणे र अन्य लोकप्रिय लामो दूरीको गन्तव्यहरूमा ‘एक–स्टप’ उडान लिन सक्षम बनाउनेछ ।

ad
ad