१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Friday, 09 May, 2025
रासस दाङ
२o८o कार्तिक १३ सोमबार १२:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारका लागि लगिएका अभियुक्त अस्पतालबाटै फरार

Read Time : < 1 मिनेट
रासस, दाङ
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार १२:४८:oo

चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति सोमबार फरार भएका छन्।

फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो।

स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका वेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। शौचालय जान्छु भनी भागेका उनको अहिले खोजी भइरहेको छ।