१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

गार्डियन लघु जीवन बिमाको सातौँ शाखा नेपालगन्जमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o२:oo

गार्डियन लघु जीवन बिमा लिमिटेडको साताैँ शाखा नेपालगन्जमा स्थापना भएको छ । शाखा कार्यालयको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दिन राईले गरेका हुन् । उद्घाटनपछि मेयर राईले झन्झटिलो प्रक्रियाका कारण जनमानसमा बिमा कम्पनीप्रति बितृष्णा पैदा भएको बताउँदै बिमा सेवालाई सहज र सरल बनाउन सुझाव दिए ।

नेपालगन्ज उपमहानगरपालिकाले गरिब तथा असहायको जीवन बिमा गराउन बजेट विनियोजन गरेको उनको भनाइ थियो । उनले स्वास्थ्यमा पहुँच बढाउन उपमहानगरले नगरवासीको बिमा गराउने योजना ल्याए पनि स्वास्थ्य बिमाले दिने लाभमाथि चित्त नबुझेकाले कार्यान्वयन नभएको बताए । इ–रिक्सा चालकको जीवन बिमा गराउन उपमहानगरले पहल गर्ने उनको भनाइ थियो ।  

कम्पनीका चिफ म्यानेजर कैलाश देवकोटाले बिमाको पहुँचभन्दा बाहिर रहेका गरिब, विपन्न परिवारलाई लक्षित गरी कम्पनीले नेपालगन्जमा शाखा स्थापना गरेको बताए । वार्षिक एक सय ३१ रुपैयाँमा एक लाखको बिमा गर्न सकिने उनको भनाइ थियो । उनले साना लघु उद्यमीलाई बिमाको पहुँचमा ल्याउने नीति रहेको बताए । उनले कृषक, मजदुर, रिक्साचालकको घरमै गएर बिमा गर्ने नीति अवलम्बन गरिएको उल्लेख गरे । उनले भने, ‘बिमा गर्ने व्यक्तिको सहजताका लागि अभिकर्ताहरू घरआँगनमै पुग्ने र डिजिटल एपबाट बिमा गरिने भएकाले झन्झट व्यहोर्नुपर्दैन ।’ 

उनले देशभर तीन हजार अभिकर्ता उत्पादन गर्ने लक्ष्य लिएको बताए । देवकोटाले भने, ‘बिमाले धनी त बनाउँदैन, तर गरिबी न्यूनीकरणमा सहयोग गर्छ । गरिबलाई झन् गरिब हुनबाट जोगाउँछ ।’ शाखा प्रबन्धक विमल खड्काले अन्य बिमा कम्पनीको भन्दा गार्डियन लघुवित्त बिमा कम्पनीमा झन्झटिलो प्रक्रिया नभएको जिकिर गरे । बिमितले सहज रूपमा भुक्तानी पाउने व्यवस्था मिलाइएको उनको भनाइ थियो । उनले भने, ‘बिमितको सहजतालाई कम्पनीले पहिलो प्राथमिकतामा राखेको छ । बिमितलाई २४ घन्टाभित्र दाबी भुक्तानी दिएका छौँ ।’

ad
ad