१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:१८:oo

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका– १ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोकतर्फ आउने क्रममा उक्त बाेलेराे दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज करिब २ः४० बजेको समयमा बेथानचोक गाउँपालिका– १ निगालेस्थित तालढुंगाबाट बेथानचोकतर्फ आउँदै गरेको बा.१४च ७०७७ नम्बरको डबल क्याप बलेरो दुर्घटना भएको हो।

बोलेरोमा सवार १८ जनामध्ये ११ जना घाइते भएको उनले जानकारी दिए, घाइते ११ जनामध्ये चारजनाको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिए। 

श्रेष्ठका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालतर्फ ल्याइँदै छ। बोलेरोको ब्रेक फेल भई सडकबाट पल्टेको प्रहरीले जनाएको छ। थप जानकारी आउन बाँकी छ। 

ad
ad