
श्रीलंकासँग आठ विकेटको पराजयपछि डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइसिसी एकदिवसीय विश्वकप २०२३ को सेमिफाइन पुग्ने सम्भावना कमजोर बनेको छ ।
भारतको बेंगलुरुमा आज भएको महत्वपूर्ण खेलमा इंग्ल्यान्ड श्रीलंकासामु निरीह साबित भयो । आजको पराजयसँगै इंग्ल्यान्ड पाँचौँ चरणको खेल सकिँदा जम्मा दुई अंकसहित अंकतालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।
श्रीलंका भने पाँचौँ स्थानमा उक्लिएको छ । समान खेलबाट समाचार चार अंक हासिल गरे पनि पाकिस्तान नेट रनरेटमा पछि पर्दै छैटौँ स्थानमा छ ।
आज टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्यान्डले राम्रो सुरुवात गरेको थियो । तर, ४५ रनको अवस्थामा ओपनर डेबिड मेनरलाई गुमाएपछि लगातार विकेट गुमाएको इंग्ल्यान्ड ३३.२ ओभरमा एक सय ५६ रनमै अलआउट हुन पुग्यो । उसका लागि बेन स्टोक्सले ४३ रन, जोनी बैरस्टोले ३० रन बनाउनबाहेक अरूले खासै योगदान गर्न सकेनन् ।
जवाफमा एक सय ५७ रनको लक्ष्य श्रीलंकाले केवल दुई विकेटको क्षतिमा २५.४ ओभरमा पूरा गर्याे ।