१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मधेशका विभिन्न दुर्गा भवानीको शक्तिपीठमा ‘खोइछ’ भरिँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३९:oo

सिराहासहित मधेश प्रदेशका जिल्लाहरूमा दुर्गा भवानीको ‘खोइछ’ भर्ने क्रम जारी रहेको छ । दसैँको सप्तमीदेखि सुरु हुने मधेशमा ‘खोइछ’ भर्ने चलन महाअष्टमीदेखि महानवमीसम्म चलिरहन्छ ।

प्रदेशका विभिन्न जिल्लामा विवाहिता महिलाहरूले ‘खोइछ’ भर्दै दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । पति र सन्तानको रक्षाक.ा लागि देवी दुर्गालाई विशेष पूजाको रूपमा ‘खोइछ’ भर्ने परम्परा यस क्षेत्रमा रहँदै आएको छ ।

मधेश प्रदेशका विभिन्न शक्तिपीठसँगै छिमेकी भारतका विभिन्न ग्रामीण र शहरी क्षेत्रमा दुर्गा भवानीको मन्दिरमा ‘खोइछ’ भर्न महिलाहरूको भिड लाग्ने गर्छ । दुर्गा भगवतीको मन्दिरमा पुगेर प्रतिमाअगाडि बस्दै चोखो वस्त्र ओच्छयाउने गरिन्छ।

त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, केरा, स्याउसहितको फलफूल, विशेष प्रकारले बनाउने चिनीको  लड्डु, चामललगायतका पूजा सामग्री राखेर पति र सन्तानको दीर्घायुको कामना गरी खोइछ भर्ने चलन रहेको छ । चोखा वस्त्रमा पूजा सामग्री राखेर देवी दुर्गाको स्तुति गरेपछि ती सामग्रीसहित देवीलाई चढाउने गरिन्छ ।

विशेषगरी महिलाले घरमै आफैँले बुनेको सिक्की र मुजको डलियामा ती पूजा सामग्री लिएर मन्दिर पुग्ने गर्छन् भने कागजले बनाइएको ‘झाप’समेत चढाउने गर्छन् । सिराहा सदरमुकामस्थित दुर्गा भवानीको मन्दिर, माडर, कल्याणपुर, सारस्वर, भलुवाही, मिचैया, मल्हनिया पिरारी, कर्जन्हा, बन्दीपुर, चोहर्वा, लहान, गोलबजार, सुखिपुर, बरियारपट्टीलगायत विभिन्न जिल्लाका दुर्गा भवानी मन्दिरमा खोइछ भर्ने क्रम आज पनि जारी छ ।

ad
ad