१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पिपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१४:oo

९० मेगावाट क्षमताको अर्धजलाशययुक्त मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । कात्तिक १ गते सम्पन्न पिपिएमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका हुन् ।

तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत् आयोजना आगामी पाँच वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एमए पावर प्रालिले जनाएको छ ।

आयोजनाको विद्युत् वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदयाममा आठ रुपैयाँ ४० पैसामा खरिद–बिक्री गर्ने सम्झौता भएको छ । आयोजनाबाट हिउँदमा १८४.६७ गिगावाट आवर र वर्षायाममा ३७७.९३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट ०८६ वैशाख २२ गते व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआइए) अन्तिम चरणमा रहेको र वित्तीय व्यवस्थापनका लागि नेपालीसँगै विदेशी लगानीकर्तासँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए । एमए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मस्र्याङ्दी नदी जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने आचार्यको भनाइ छ । 

ad
ad